Recent

Teach your children to the Hindu tradition, long-lived and create sechel


काठमाडौँ । हिन्दू परम्परासँग जोडिएको वैज्ञानिक तर्क बालबालिकालाई बताउनु जरुरी हिन्दू परम्परा, संस्कार र संस्कृति नेपाल लगायत जुन जुन देशमा रहिआएको छ। उक्त देशहरुमा हिन्दू संस्कार सिक्‍ने र सिकाउने आफंनै शैली छ। यो परम्परालाई वैज्ञानिकहरुले पनि उत्तम तर्क गरेका छन्। जसको बारेमा बालबालिकालाई समेत सुनाउन भनिएको छ। ती यस प्रकार रहेका छन्
कान छेड्ने परम्परा
प्राय सबै धर्ममा कान छेड्ने परम्परा रहेको छ। यस्तै यो कान छेड्ने संस्कारलाई हिन्दूहरुले विशेष रुपमा मान्दै आएको छ। वैज्ञानिक तर्कलाई समेत दर्शनशास्त्रीहरुले मान्दै आएका छन्। कान छेड्नाले मानिसको सोच्‍ने शक्ति बढ्दै जान्छ। जब की चिकित्सकहरुका अनुसार कान छेड्नाले बोली राम्रो हुने बताएका छन्। साथै कानदेखि दिमागसम्म जाने नसालाई समेत नियन्त्रित गर्ने गर्दछ।
शीरमा सिन्दुर, पोते लगाउने बानी
हिन्दू महिलाहरुले आफ्नो शीरमाथि सिउँदो तथा घाँटीमा पोते लगाउने गर्दछन्। यो उनीहरुको श्रृंगार अनि चलिआएको संसारकार हो। यसलाई वैज्ञानिकहरुले महिलाले लगाउने सिउँदोलाई उर्जा दिने तर्क गरेका छन्। यस्तै तिलक लगाउने पुरुषमा आट आउने क्षमताको विकास हुन्छ। उसको मांसपेशी धेरै सक्रिय हुन्छ।जसले अनुहारको रक्तकोषिकासम्म रगत स्फूर्त रुपले सञ्‍चार हुन्छ।
भुईमा बसेर भोजन गर्ने संस्कार
हिन्दू संस्कारमा मानिसहरु भुईमा बसेर भोजन गर्ने गर्दछन्। यो एकदमै लाभदायक बानी र संस्कार हो। यता, वैज्ञानिकहरुले यस बारेमा पलेटी मारेर भुईमा बस्नुलाई योगको आसन भनेका छन्। उनीहरुले यो पोजिशनलाई योगको माध्यममबाट शरीरमा रक्त सञ्‍चार प्रणाली निक्कै फाइदा पुग्ने र पाँचन क्रियालाई राम्रो हुने बताएका छन्।
हात जोडेर नमस्कार गर्ने बानी
जब हिन्दू परम्परामा हामी कसैलाई हात जोडेर नमस्ते वा नमस्कार गर्छौ। यो पनि वैज्ञानिकहरुले उचित मानेका छन्।किनकी जब कुनै व्यक्ति दुई हात जोडेर नमस्कार गर्छ उसको औलाहरुको सम्पर्क एकअर्कासँग हुन्छ र आखाँ, कान तथा दिमागमा एकै पटक चाप पर्छ। जसले सधैभरी नमस्कार गर्ने व्यक्तिलाई सम्झिरहने क्षमताको विकास हुन्छ। हामी उक्त व्यक्तिलाई धेरै समयसम्म सम्झिरहन्छौ।
अर्को तर्क वैज्ञानिकहरुले हात मिलाउने पश्चिमा सभ्यताको साटो नमस्कार गरेमा अगाडि उभिएको व्यक्तिको किटाणु तपाईसम्म पुग्‍न नसक्ने बताउका छन्। यदि स्वानफ्लू भए पनि नमस्कार गर्नाले नआउने सम्भावना धेरै भएको वैज्ञानिकहरुको दाबी छ।
जब कुनै संस्कारमा कुनै धार्मिक वा पारिवारिक अनुष्ठान हुन्छ। त्यसमा भोजनको सुरुवात तीतोपिरो मसालेदारबाट हुन्छ भने अन्त्यमा गुलियो वा मिठो खाएर सकिन्छ। यस बारेमा वैज्ञानिकहरु तर्क गर्छन्। तितो पिरो खानाले शरीरमा रहेका अम्लीयहरु सक्रिय हुन थाल्छ अनि अन्तिममा गुलियो खानाले अम्लीय तीव्रतालाई कम गर्न मद्दत पुर्याउँछ। जसले पेट पोल्नबाट जोगाउँछ।
पीपलको पूजा गर्ने शैली
धेरै मानिसहरुले सोच्छन की पीपलको पूजा गर्नाले भूतप्रेत भाग्छ। तर वैज्ञानिकहरुले यसबारेमा छुट्टै तर्क गरेका छन्। यसको पूजा किन गरिन्छ भने यसको रुखलाई सबैले माया गरुन र कसैले पनि नकाटोस् । किनकी पीपलको एउटा मात्रै रुख हो जसले राति मानव जीवनलाई अक्सिजन दिइरहन्छ। हिन्दू संस्कारले पिपललाई भगवानको रुपमा मान्दै आएका छन्।
दक्षिणतिर टाउँको राखेर सुत्‍नु
प्राय मानिसहरु दक्षिण सिरानी राखेर सुतेमा धेरै नराम्रो सपना देख्ने गरेको भ्रम छर्छन् की भूत प्रेत आउँछ, तर्साउँछ तर त्यो वास्तविकता होइन्। मानिसहरु उत्तरतिर खुट्टा राखेर दिक्षणतिर सिरानी लगाएर सुत्‍ने गर्छन्। तर वैज्ञानिक तर्क गर्छन् की जब हामी उत्तरतर्फ सिरानी राखेर सुत्छौ तब हााम्रो शरीर पृथ्वीको चुम्बकीय तरंगलाई सिधासिधा अनुभव गर्न थाल्छ । शरीरमा भएको आइरन सञ्चालन हुन थाल्दछ। जसबाट अल्जाइमर्स, पार्किन्सनको बिरामी चाँडै हुने गर्दछ। यति मात्रै होइन रक्तचाप पनि हुने सम्भावना बढ्छ।
सूर्यलाई नमस्कार
हिन्दूमा विहान उठेर सूर्यलाई नमस्कार गर्ने र जल चढाउने बानी पुरानो हो । यस बारेमा वैज्ञानिक भन्छन्,’ पानीको बीचबाट आउने सूर्यको किरण आँखासम्म पुग्छ र आखाँको हेर्ने क्षमता धेरै नै हुन्छ।
टाउकोमा टुप्पी पाल्नु
हिन्दू धर्ममा ऋषिमुनीहरुले आफ्नो टाउकोमा टुप्पी पाल्ने गर्दथे। अहिले पनि केही मानिसहरु टुप्पी पाल्ने गर्दछन्। यस बारेमा वैज्ञानिकहरुले भनेका छन्, ‘जसले टाउकवमा टुप्पी पाल्छ, उसको दिमाग स्थिर रहन्छ अनि मानिसलाई रिस उठ्ने कम हुन्छ। सबै नसा आएर यही टुप्पीमा बसेको हुन्छ। जसले स्मरणशक्ति धेरै नै उत्तम हुन्छ।’
व्रत लिने परम्परा
हिन्दू महिलाहरुले ब्रत बस्ने वा पूजा पाठ नियमित गर्ने गर्दछन्। यसमा पनि वैज्ञानिहरुले कारण पत्ता लगाएका छन्। उनीहरुको तर्क छ, ‘ब्रतले पाँचन क्रियालाई राम्रो बनाउँछ। शरीरमा रहेका बिकार वस्तु बाहिर निस्किन्छ। शोधकरताका अनुसार व्रत बस्नाले क्यान्सरको खतरा निक्कै कम हुन्छ। यसका साथै मुटुसम्बन्धी रोग हृदयघात, मधुमेह लगायतका रोगहरुले चाडै समात्‍दैन।
खुट्टामा ढोग्‍नु
हिन्दू मान्यताका अनुसार जब आफूभन्दा कुनै ठूलो आफन्त वा मानिसलाई भेटछन्। आपसमा ढोगभेट गर्ने गर्छन्। हामी बच्चामै यस्तो कुरा आफ्नो बुवाआमाबाट सिक्ने गर्छौ। यसबारेमा वैज्ञानिकहरु तर्क गर्छन्। मानिसको मष्तिष्कबाट निस्किने उर्जा हातमा तथा खुट्टाको अगाडिसम्म आइपुग्दा एक चक्कर लगाउँछ। यसले कस्मिक उर्जाको सञ्‍चार हुन्छ। जसमा दुई प्रकारको उर्जा आउँछ। एउटा सानोदेखि ठूलोको खुट्टामा र ठूलोको हातदेखि सानाको शीरमा उर्जा उत्पन्न हुन्छ। यसले एकअर्कामा भावनात्मक सम्बन्ध बनाउँछ।
 सिन्दूर लगाउने बानी
विवाहित हिन्दू महिलाले सिन्दुर लगाउने गर्दछ। उनीहरुले पारिवारिक दीर्घायूको लागि र संस्कार पालनाको लागि यो संस्कार अपनाउने गर्दछन्। तर वैज्ञानिकको आफ्नै तर्क छ। सिन्दूरमा वेसार, चुन तथा मरकरी मिसिएको हुन्छ। यसको मिश्रणले शरीरको रक्तचापलाई नियन्त्रणमा राख्‍न सघाउ पुर्‍याउँछ। यसका साथै यसले नारीमा यौन उत्तेजना समेत उत्पन्न हुने गर्दछ जसले वंश विस्तारमा लाभदायी हुन्छ। महिलालाई समाजमा विधवा भनेर तनाव दिनेहरुलाई बोल्‍नबाट जोगाउँछ।

Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment