Recent

Tanzania powerful earthquake


तान्जानियामा शक्तिशाली भूकम्प गएको छ । युगाण्डा र रवाण्डाको सीमा नजिक रहेको भिक्टोरिया ताल केन्द्रविन्दु भएर गएको ५ दशमलव ७ रेक्टर स्केलको भूकम्पका कारण कम्तिमा ११ जनाको ज्यान गएको छ । भूकम्पमा परि एक सय ९२ जना घाइते भएका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा ठूलो मात्रामा भौतिक क्षति भएको देखिएको छ । भूकम्पका कारण बुकोबा शहर बढी प्रभावित भएको छ । ७० हजार भन्दा बढी नागरिकको बसोबास रहेको शहरका धेरै घर भत्किएका छन् ।
भूकम्पको धक्का केन्याको पश्चिमी क्षेत्रसम्म महसुस गरिएको बिबिसीले जनाएको छ । उद्धार तथा राहतको काम भइरहेकाले ज्यान जानेको संख्या बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment