Recent

Parliament elected prime minister does not teach the national welfare of the party '


काठमाडौंः नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको बेला विवादित विषयमा बहस नगर्ने स्पष्ट पारेका छन्।  
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पुनले भने,‘एमालेले यसो गर्नुहोस, उसो गर्नुहोस भन्न मिल्दैन, विवादित विषयमा प्रधानमन्त्रीजीले बहस गर्नुहुन्न, यो भ्रमण सद्भावको भ्रमण हो।’ पुनले केही राजनीतिक दलहरुले प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा अराजनीतिक ढंगले कुटनीतिक सिद्धान्तको विपरित बहस छेडेको समेत आरोप लगाए।
उनले भने,‘नेपालको हित, आवश्यकत्तामा प्रमको भ्रमण हुँदैछ।’ सार्वभौम सत्ता सम्पन्न संसदबाट निर्वाचित प्रधानमन्त्रीलाई राष्ट्रिय हित र स्वार्थ राम्रोसँग थाहा भएको बताउँदै उनले भने,‘हुन त पार्टीको आफ्नै नीति र अवधारणा हुनसक्छ, तर प्रधानमन्त्रीलाई कसैलेपनि राष्ट्रिय हित र स्वार्थको बारेमा पाठ नपढाए हुन्छ।’
उनले घरेलु नीति अनुसार नै पराष्ट्र नीति हुने भन्दै प्रधानमन्त्रीको भारत भ्रमण द्धिपक्षीय हितमा केन्द्रित हुने दाबी गरे । उनले मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वार्थ र भौगोलिक अखण्डतामा कहीँ कतै आँच आउने काम प्रमको भ्रमणमा नहुने विश्वास दिलाए ।
संविधान संशोधन आवश्यकत्ता भएको उल्लेख गर्दै अहिले यस विषयमा गम्भिर र सघन छलफल भैरहेको पुनको भनाइ थियो।  
कार्यक्रममा नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले प्रधानमन्त्रीको भारत भ्रमणको विषयलाई लिएर वाहियात बहस चलाइएको आरोप लगाए ।
उनले भने,‘भारतको भूतले हामीलाई ग्रस्त बनाएको छ, हुन त प्रधानमन्त्री भएलगत्तै भारत जाने चलन छ, तर यहाँ भ्रमणको विषयमा किन यसरी चर्चा चलाईएको हो, मैले बुझ्न सकेको छैन्।’
‘यो सरकार सार्वभौमसत्तासम्पन्न व्यवस्थापिका संसदबाट निर्वाचित सरकार हो, हिजो ओलीजीले जे गर्यो त्यही गर्यो प्रचण्ड सरकारले त्यही गर्ने हो भने किन सरकार परिवर्तन गर्नुपर्यो?,' उनले भने।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment