Recent

What is rheumatoid arthritis?


१. बाथ रोग भनेको के हो ?
२. Gout भनेको के हो?
३. Osteo-Arthritis (अस्टिओ आरथ्राईटिस) र Rheumatoid Arthritis (रुमाटइड आरथ्राईटिस) भनेको के हो?
४. Osteo-Arthritis (अस्टिओ आरथ्राईटिस) र Rheumatoid Arthritis (रुमाटइड आरथ्राईटिस) मा फरक के हो?
———————

image
मेरो उदेश्य जनचेतना दिने मात्र हो उपचार गर्ने होइन
——————–
१. बाथ रोग भनेको के हो ?
— बाथ रोगलाई नेपाली जनमानसमा हाडजोर्नीको समस्या भनेर बुझ्ने गरिन्छ l त्यस अर्थमा यो कुनै एउटा रोगको नाम होइन l बाथ रोग अन्तर्गत धेरै रोगहरु (१० भन्दा धेरै) हुन सक्छन् l ति बिभिन्न रोगहरु मध्य धेरैको बुझाई र प्रश्नहरु तीन मुख्य रोगको बारेमा पाएँ l ति हुन्: Osteo-Arthritis (अस्टिओ आरथ्राईटिस), Rheumatoid Arthritis (रुमाटइड आरथ्राईटिस) र Gout (गाउट) l यो पोष्टमा यी तीनलाई सरल भाषामा फरक छुट्याउने प्रयास गर्नेछु l

२. Gout भनेको के हो?
— जब uric acid हाडजोर्नीमा गएर जम्मा हुन्छ तब ढुंगा जस्तो crystal बन्दछ यसलाई gout भनिन्छ l यस बारेमा बृस्तृत रुपमा मैले एउटा लेख पोष्ट गरिसकेको छु l उक्त लेखको लिंक यहाँ छ !

३. Osteo-Arthritis (अस्टिओ आरथ्राईटिस) र Rheumatoid Arthritis (रुमाटइड आरथ्राईटिस) भनेको के हो?
— पोष्टमा दिइएको चित्रमा ध्यान दिनुहोस l (पहिलो चित्र) Normal joint अर्थात् स्वस्थ जोर्नी कुनै पनि समस्या नभएको हाडजोर्नी l यो जोर्नीमा भएको कुराहरु याद गर्नुहोस् र अन्य जोर्नीसंग तुलना गर्नुहोस् l (दुई हड्डी बिचमा सुन्तला रंगको lining हेर्नुहोस्) Cartilage भनेको हाडलाई छोपेर राख्ने, एक आपसमा रगड्न नदिने, cushion जस्तो नरम कुरा हो l जसले गर्दा हामी उठ्दा, बस्दा, हिड्दा, दौडदा, सामान उचाल्दा हड्डी रगडिदैन र हाडजोर्नी दुख्दैन l (निलो lining हेर्नुहोस्) Synovial membrane ले जोर्नीमा सेतो, बाक्लो, चिफ्लो तरल पदार्थ (synovial fluid) उत्पादन गर्छ जसले हाम्रो हाडजोर्नीलाई रगड्न दिंदैन l हिड्दा, उफ़्रदा वा भारीबोक्दा हाडजोर्नीलाई जोड पर्दैन l यो तरल पदार्थ र cartilage मिलेर spring ले जस्तो shock absorption को काम गर्छ l
— (दोस्रो) Osteo-Arthritis (अस्टिओ आरथ्राईटिस) सजिलोको लागि OA भनौं l (OA को जोर्नीमा हेर्नुहोस्) Normal संग दांज्ने हो भने OA मा cartilage प्राय सबै खिइएर गएको छ l जब हामी हाम्रो कुनै पनि हाडजोर्नी दिनहु बर्षौंसम्म शरीरले थाम्न सक्ने भन्दा धेरै प्रयोग गर्छौं तब त्यो जोर्नीको cartilage खिइदै जान्छ l त्यसरी cartilage खिइएपछि तल माथिका हड्डी सरेर नजिकै आइपुग्छन् र एक अर्कामा रगडिन थाल्छन् l हड्डीमा थप असर पर्छ, दुख्न थाल्छ, सुन्निन्छ त्यसपछि हड्डीले आँफै मर्मत गर्न खोज्दा हड्डी पहिलेको जस्तो smooth (सम्म) नभई जथाभाबी हड्डीका स-साना टुक्राहरू पलाउन थाल्छ l जसलाई Osteophyte वा bone spurs भनिन्छ l यी जथाभाबी पलाएका हड्डी (bone spurs) हरु रगडिदा झन् दुख्ने गर्छ l OA हुने अवस्थाहरु: बर्षौंसम्म दिनहु जस्तो घन्टौं उकालो चढेर काम गर्न जानु पर्दा, दिनहु गरुङ्गो भारी जुरुक्क उठाएर परसम्म लानु पर्दा, शरीरको तौल निकै धेरै भएकाहरु घरको तल माथि दिनहु सिंडी चढ्ने र ओर्लने गर्दा वा कारखानामा काम गर्नेहरु जसले एउटा मात्र हाडजोर्नी धेरै प्रयोग गर्नु पर्दा l

— (तेस्रो) Rheumatoid Arthritis (रुमाटइड आरथ्राईटिस) सजिलोको लागि RA भनौं l (RA को जोर्नीमा हेर्नुहोस्) Normal संग दांज्ने हो भने RA मा हड्डीहरु सोझा छैनन् l जोर्नी नजिकको हड्डी पनि चोइटिएर गएको छ, हाडजोर्नी सुन्निएको छ l (Normal को निलो lining संग तुलना गर्नुहोस) Synovial membrane जसले सेतो, बाक्लो, चिफ्लो तरल पदार्थ (synovial fluid) उत्पादन गर्ने र हाडजोर्नीलाई रगड्न नदिनु पर्ने हो त्यसमा नै खराबी हुन्छ l यो खराबी हुनुको कारण हो autoimmune disorder. हाम्रो immune system (antibodies/रोग प्रतिरोधात्मक तत्व) ले बाहिरबाट आएको खराब तत्व वा जीवाणुलाई आक्रमण गर्नु पर्ने सट्टामा आफ्नै शरीरमा आक्रमण गरिदिन्छ यस्तो अवस्थालाई autoimmune disorder भनिन्छ l हाम्रो हाडजोर्नीको Synovial membrane माथी आफ्नै शरीरको रोग प्रतिरोधात्मक तत्वले आक्रमण गर्दा जोर्नी सुन्निने, रातो-तातो हुने र हलचल गर्न नसक्नेसम्म बनाई दिन्छ (यो समस्या शरीरको अन्य भागमा पनि हुने गर्छ) l यसरी बारम्बार सुन्निने, अनेकथरी तत्व आएर जोर्नीको एकापट्टि जम्मा हुँदै गर्दा नयाँ कोषहरु पनि संगै पलाउने गर्छ (चित्रमा सबैभन्दा दायाँ pannus लेखेको ठाउंमा हेर्नुहोस्) l हुँदा हुँदा ती नयाँ कोषमा रगत पुर्याउन स-साना नयाँ रगतका नलीको समेत निर्माण हुन्छ l यो प्रक्रियाले बिस्तारै हड्डीका केहि भागहरुलाई असर गर्छ र टुक्र्याईदिन्छ अनि हड्डी एकापट्टि धकेलिदिन्छ l अनि हात खुट्टाका जोर्नी (खासगरी औंलाहरु) बाङ्गा हुन्छन् l

४. Osteo-Arthritis (अस्टिओ आरथ्राईटिस) र Rheumatoid Arthritis (रुमाटइड आरथ्राईटिस) मा फरक के हो?
— (उमेर)
** OA लामो समयसम्म हाडजोर्नीको अत्याधिक प्रयोगको कारणले हुने हुँदा यो समस्या ४० बर्षभन्दा कम उमेरमा (प्राय) देखिन्न l
** RA मा आफ्नो शरीरको रोग प्रतिरोधात्मक तत्वले बाहिरबाट आएको खराब तत्व वा जीवाणुलाई आक्रमण गर्नु पर्ने सट्टामा आफ्नै शरीरमा आक्रमण गरिदिने (Autoimmune disorder) को कारणले हुने हुँदा २०-४० को उमेर सम्ममा देखा परिसक्छ l

— (दुखाई)
** OA हाडजोर्नी अत्यधिक प्रयोगको कारण बर्षौ आस्तै हड्डीमा समस्या बढ्दै जान्छ र दुखाई बढ़दै जान्छ l (सुरुको अवस्थामा) बिहान उठ्दा दुख्दैन तर जब दिउसो कामको चापले जोर्नीमा असर पर्दै जान्छ बेलुकीसम्म सहनै नसकिने गरेर दुख्न थाल्छ र आराम गर्दा दुखाई केहि कम हुन्छ l (पछिपछि रोग बल्झदै जाँदा) बिहान उठ्दैखेरी नै जोर्नी दुख्छ, २०-३० मिनेट हल्का हिंडडुल गर्दा अलि कम हुन्छ तर जोर्नीको पर्योग गरेर काम गर्नु पर्यो भने दुखाई फेरी बढ़दै जान्छ l
** RA अकस्मात देखा पर्छ तर यसको दुखाइको असर सुरु सुरुमा आउने जाने गर्ने हुँदा रोगले च्याप्दै गएको थाह नहुन सक्छ l बिहान उठ्दा जोर्नी कक्रक्क परेर दुखि राखेको हुन्छ, जोर्नी खुल्न र हिड्न वा चलाउन सजिलो बनाउन १ घण्टासम्म लाग्न सक्छ l अलि अलि जोर्नी चलाउन सुरु गरे पछि दिउसोतिर सजिलो हुँदै जान्छ l Autoimmune प्रक्रियाबाट यो समस्या हुने हुँदा कहिले निकै पिडा दिने त कहिले अलि सन्चो हुने प्रक्रिया चलि राख्छ l

— (रोगको लक्षण)
OA मा समस्या भएको जोर्नीमा मात्र दुख्छ अन्य शरीरको भाग दुख्दैन l जोर्नी हल्का सुन्निएको हुन सक्छ, जोर्नीलाई सोझो पारेर आराम गराउँदा दुखाई कम हुन्छ र जोर्नी बाहेक शरीरको अरु कुनै भाग दुख्दैन l बुढाबुढीका हातका औंलाका पहिलो र दोस्रो जोर्नी सुन्निएर अलि ठुलो डल्लो भएको जस्तो देखिन्छ l जोर्नी चलाउंदा कटकट आवाज आउन सक्छ l सबै भन्दा बढी प्रयोग भएको केहि हाडजोर्नी मात्र दुख्छ जस्तै घुंडा, दाइने हातको नाडी र औंलाहरू, ढाडको हड्डी आदि l जोर्नी बाहेक शरीरको अन्य भागमा असर हुँदैन l
** RA मा जोर्नी सुन्निने मात्र नभई कहिले काहीं रोगले अकस्मात च्यापेको बेलामा शरीरनै गलेको जस्तो हुने, हेर्दै थकित देखिने, खाना खान नरुच्ने, हल्का ज्वरो आउने आदि हुन्छ l हातका औंलाका जोर्नी मध्य पहिलो जोर्नीमा कहिल्यै असर गर्दैन l शरीरको दुवै भागका जोर्नीहरु (प्राय) समान रुपमा दुख्छन्, सुन्निन्छन् l कसैकसैलाई जोर्नी बाहेक शरीरको अन्य भागमा पनि असर हुन सक्छ l जस्तै: छाला र हड्डी बिचमा मासुको डल्लो जस्तो देखिने, स्वास प्रस्वास्मा समस्या हुने, मुटुको समस्या हुने, रगतको कमि हुने, आँखा सुख्खा हुने, रातो हने, सुर्येको किरणले दुखाउने, दृष्टिमा असर हुने, मुख सुख्खा हुने, गिंजा दुख्ने आदि हुन्छ l

— (रोगै लाग्न नदिने उपाए)
** OA हुन नदिन सानै उमेरदेखि एउटा वा एकै खाले मात्र जोर्नी प्रयोग हुने काम नगर्ने l सानै उमेर देखि शारीरिक ब्यायाम गर्ने, योगा गर्ने l हड्डी बलियो हुने खाले खाना खाने जस्तै दुध, माछा मासु आदि l
** RA हुन नदिने उपाय नै छैनन् किनकि कसलाई autoimmune disorder हुन्छ भनेर भन्न सकिन्न l तर बंशाणुगत बाट पनि सर्ने सम्भावना हुने हुँदा बाउआमा वा घरका कसैलाई यो समस्या छ भने autoimmune disorder को एक मुख्य step सुन्निने प्रक्रिया (inflammatory process) रोक्न या कम गर्न सहयोग गर्ने anti-inflammatory खानेकुराहरु खाँदा यो समस्यासंग जुध्न सजिलो हुन्छ l ती anti-inflammatory खानेकुराहरु हुन: हरियो-परियो तरकारीहरु (सकेसम्म पखालेर काँचै नत्र उसिनेर) दिनहु खाने, माछा हप्तामा ३ पटक, berries (जस्तै strawberry, blueberries, blackberries, ऐसेलु आदि) दिनको एक पटक, भुइँकटहर लगाएत अन्य धेरै फलफुलहरु दिनहु खाने गर्दा रोगसंग जुध्न सजिलो हुन्छ l

–(उपचार)
** OA मा उपचारको उदेश्य रोग थप बल्झन नदिने र दुखाई कम गर्ने मात्र हो l हड्डीको जोर्नीमा समस्या आइसकेपछि पुन पहिलेको जस्तो गराउन सकिन्न l शरीर धेरै मोटो छ भने तौल घटाउनु पर्छ नत्र जोर्नीमा थप असर पर्दै जान्छ l तातोमा सेकाउँदा वा चिसोमा राख्दा जे गर्दा सन्चो महसुस हुन्छ त्यो गर्ने l नदुख्ने औषधि खाने (खाने भन्दा लगाउने औषधि राम्रो हुन्छ l खोर्सानीबाट बनेको लगाउने नदुख्ने औषधिले धेरैलाई काम गर्छ), हल्का शारीरिक ब्यायाम गर्ने (पानी भित्र, swimming pool मा exercise गर्दा राम्रो हुन्छ l ब्यायाम नगर्दा हाडजोर्नी नजिकका tendons, मांशपेशी आदि सुक्दै जान्छन् र झन् जोर्निलाई अप्ठेरो पर्दै जान्छ) l जोर्नी नसुन्निने औषधि खाने (यो औषधिलाई steroid भनिन्छ; जोर्नी भित्र injection दिएर लगाउने खाले पनि पाइन्छ; injection लगाएको ४-५ दिनसम्म जोर्नीलाई पूर्ण आराम दिनुपर्छ) l माथि बताइए जस्तो जोर्नीमा synovial fluid कम भएर खुट्टा रगडिएर जोर्नी दुखेको अवस्थामा artificial (अप्राकृतिक) synovial fluid (hyaluronate injection) को प्रयोग गर्न सकिन्छ l तर यी सबै औषधिहरु बर्षको १-२ पटक लगाई रहनु पर्छ l कुनै उपाय नलागे ठुला खाले (घुंडाको र कम्मरको) जोर्नीमा artificial joint (platinum वा बलिया र महंगा metal को joint) राखेर पनि उपचार गरिन्छ l

**RA मा पनि उपचारको उदेश्य रोग थप बल्झन नदिने र दुखाई कम मात्र गर्ने हो l हड्डीको जोर्नीमा समस्या आइसकेपछि पुन पहिलेको जस्तो गराउन सकिन्न l माथि भनिएको जस्तो नदुख्ने र सुन्निएको रोक्ने औषधि खाने वा लगाउने, तातोमा सेकाउँदा वा चिसोमा राख्दा जे गर्दा सन्चो महसुस हुन्छ त्यो गर्ने, र शारीरिक ब्याम गर्ने l Autoimmune response लाई बढ्न नदिन धेरै खाले औषधिहरु र इन्जेक्शनहरु बजारमा आएका छन् l निकै शुरुको अवस्थामा RA भएकालाई माथि भनिएको जस्तो anti-inflammatory खानेकुराहरु खाँदा कसैकसैलाई (सबैलाई होइन) औषधिले जत्तिनै वा औषधिले भन्दा पनि राम्रो काम गरेको पनि पाइएको छ तर रोगले निकै च्यापी सकेपछि, हड्डीमा समस्या आइसकेपछि औषधिको प्रयोग नै गर्नु पर्छ अरु कुनै उपाय छैन l औषधिको भरमा दुखाई कम गर्ने र हड्डी थप बिग्रन नदिने मात्र गर्न सकिन्छ l
(((कुनै नदुख्ने औषधिले काम नगर्ने, जोर्नीको पिडा सहनै नसक्ने अन्तिम अवस्थामा भएकोलाई OA र RA दुवै case मा दुई हाड जोडेर (fuse गरेर) दुखाई बन्द गर्न सकिन्छ तर उक्त जोर्नी चलाउन मिल्दैन, जोर्नी सोझै भएर बस्छ)))

(रोग छ छैन कसरी पत्ता लाउने?)
** OA को हकमा दुखाई सुरु हुनु अघि रोग पत्ता लाग्दैन l यसको कारण हो कसैलाई hospital जाने जरुरत पर्दैन l जोर्नी दुख्न थाले पछि X-Ray गर्दा हड्डी पलाएको देखिन्छ l
** RA मा रगत जांच गर्दा RA factor positive (६०-७०% मात्र positive हुन्छ अर्थात् negative भएकाको पनि RA हुन सक्ने भो) र Anti-CCP positive (५०-८५% को positive हुन्छ ), यी दुवै tests र अन्य २-३ ओटा tests हरु गर्दा diagnosis गर्न सजिलो हुन्छ l जोर्नीमा कतिको असर भैसकेको छ भनेर हेर्न X-ray, MRI गरिन्छ l
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment