Recent

Pakistan's defense minister said India is demolished


इस्लामाबादः  बिहीबार बिहान मध्यरातदेखि आठ बजेसम्म करिब ६ घन्टा लामो दोहोरो गोलीहानाहानले भारत-पाकिस्तानबीच युद्धको खतरनाक संकेत सार्वजनिक भएको छ । यो भिडन्तलाई भारतीय सैनिकले ‘सर्जिकल स्ट्राइक’ नाम दिएको छ ।
गोली हानाहानमा पाकिस्तानका दुई सैनिक मारिएको पत्रकार सम्मेलन गरेर भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले सार्वजनिक गरे । पाकिस्तानी पक्षलेसमेत आफ्ना दुई सैनिकको ज्यान गएको र केही घाइते भएको पुष्टि गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले मोदी नेतृत्वको सरकार आतंकवादविरुद्ध युद्ध गर्न प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन् । बिहीबार भारतको उच्च राजनीतिक नेतृत्वले दिएका अभिव्यक्तिबाट भारत पाकिस्तानलाई चुनौती दिन उत्साहित भएको संकेत मिल्छ ।
यता पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले आफ्नो देश कुनै पनि खालका आन्तरिक एवम् बाह्य खतरासँग जुध्न सक्षम भएको दाबी गरेका छन् । पाकिस्तान रेडियोका अनुसार उक्त बैठकमा कश्मीरमा मानवाधिकार उल्लंघन भएको भन्दै गम्भीर चिन्ता प्रकट गरिएको छ ।
भारतीय सेनाले कश्मीरका जनतामाथि अत्याचार गरेको पाकिस्तानी उच्च सुरक्षा अधिकारीको बैठकको ठहर छ । बैठकलाई सम्बोधन गर्दै नवाज सरिफले भने, ‘संसारलाई थाहा छ, पाकिस्तानले विश्वमा शान्तिका लागि ठूलो त्याग गरेको छ । अरूले भड्काउँदैमा पाकिस्तान भड्कँदैन । हामी निकै संयमित छौं ।’
प्रधानमन्त्री सरिफले सिन्धु जल सम्झौता भारत र पाकिस्तानको आपसी सहमतिमा गरिएको स्मरण गरे । उक्त सम्झौताको मध्यस्थता विश्वबैंकले सन् १०६० मा गरेको उनले स्पष्ट पारे । भारतले चाहेर पनि एक्लै उक्त सम्झौता भंग गर्न नसक्ने सरिफले दाबी गरे । पाकिस्तानले कश्मीरी जनतालाई नैतिक एवम् कूटनीतिक समर्थन सधैं दिने उनको भनाइ छ ।
कश्मीरी जनताको चाहनाअनुसार कश्मीर समस्या समाधान नहुँदासम्म पाकिस्तानले उनीहरूलाई सहयोग र समर्थन गरिरहने दृढता शरीफको छ । पाकिस्तान शान्तिपूर्ण दक्षिण एसियाको पक्षमा भएको सरिफले दाबी गरे । यसका लागि जस्तोसुकै संघर्ष गर्न पाकिस्तान तयार भएको उनले स्पष्ट पारे। पाकिस्तानको अखण्डता कायम गर्न पाकिस्तानी सुरक्षाबलको तयारीप्रति उनले सन्तुष्टि व्यक्त गरे ।
कश्मीर स्वतन्त्र भएपछि भारत ध्वस्त हुन्छ
यसैगरी पाकिस्तानी रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफले बुधबार कश्मीर स्वतन्त्र भएपछि भारत ध्वस्त हुने बताएका छन् । उनले कश्मीरका जनतालाई पाकिस्तानले नैतिक सहयोग र समर्थन दिने स्पष्ट पारे । उनले भने, ‘जब कश्मीरमा स्वतन्त्रता आन्दोलन सफल हुन्छ तब भारतको अन्त्य हुन सुरु हुनेछ।’ आसिफले कश्मीरी नागरिकको कुर्बानी खेर नजाने बताए । उनीहरूको कुर्बानीले कश्मीर स्वतन्त्र हुने र सिंगो भारत नरहने उनको भनाइ छ ।
भारतले ‘सर्जिकल स्ट्राइक्स’ गरेको छैनः पाकिस्तान
भारत–पाकिस्तान नियन्त्रण रेखामा भारतीय सेनाले ‘सर्जिकल स्ट्राइक्स’ गरेको भन्नु झुट भएको पाकिस्तानी सेनाले बताएको छ । पाकिस्तानी सेनलाई उद्धृत गर्दै एसोसिएटेड प्रेस अफ पाकिस्तान (एपीपी)ले भनेको छ, ‘सीमा क्षेत्रमा कुनै ‘सर्जिकल स्ट्राइक्स’ भएको छैन, भारतीय सेनाले सीमा पारिबाट नै फायरिङ गरेका हुन् ।’
भारतीय सेनाले पारिबाट गरेको फायरिङको जवाफ दिएको उल्लेख गर्दै पाकिस्तानी सेनाले भारतीय सेनाले आतंकवादी अड्डामा हमला समेत नगरेको बताएको छ । भारतको यो दाबी दाबी समेत झुट छ ।
‘अतंकवादी अड्डामा हमला गर्यौँ भन्ने भारतीय दाबी विलकुल झुट छ,’ पाकिस्तानी सेनाले भनेको छ ।
दोहोरो फायरिङ भएको भए पनि भारतले ‘सर्जिकल स्ट्राइक’को गलत प्रचार गरिएको दाबी पाकिस्तानी सैन्य अधिकारीले गरेका हुन् ।भारतीय सैनिकले ‘सर्जिकल स्ट्राइक्स’ गरेको भए पाकिस्तानी सेनाले कडा जवाफ दिइसक्ने पाकिस्तानी सैनिक अधिकारीको भनाइ छ ।
पाकिस्तानी सेनाले भनेको छ, ‘बिहीबार बिहान साढे दुई बजेदेखि आठबजेसम्म गोलाबारी भएको हो तर पाकिस्तानी क्षेत्रमा भारत प्रवेश गरेर ‘सर्जिकल स्ट्राइक्स’ गरेको भए पाकिस्तान चुप लागरे बस्दैनथ्यो, कडा जवाफ दिइसक्थ्यो ।’
भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंह ‘सर्जिकल स्ट्राइक्स’ मा पाकिस्तानी आतंकवादी मारिएको दाबी गरेका थिए । त्यस लगत्तै पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले आफ्नो भूमि रक्षाका लागि पाकिस्तानी सेना सदैव तयार रहेको जवाफ दिइसकेका छन् ।
भारत–पाकिस्तानको विवादको असर
भारत पाकिस्तानको युद्धको खबरले भारतीय शेयर बजार प्रभावित भएको छ । बिहीबार शेयर बजारमा भारी गिरावट आएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।
भारत पाकिस्तान सीमामा रहेका स्कुल अनिश्चितकालका लागि बन्द भएका छन् । बिबिसीका अनुसार गोलीहानाहान भएको क्षेत्रदेखि १० किलोमिटर दूरीसम्मका गाउँ समेत खाली गराइएको छ। भारतीय गृहमन्त्रालयका प्रवक्ताले भने गाउँ खाली गर्न आदेश नदिएको बताएका छन् ।
बिहीबारको दोहोरो गोलीहानपछि भारतीय प्रधानमन्त्री ठूलो दबाबमा रहेको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् । मोदी दबामा रहेपछि ‘सर्जिकल स्ट्राइक’ को दाबी भारतीय सेनाले गर्दै आएको पाकिस्तानी मिडियाको आरोप छ ।
पाकिस्तान र भारतमा दुवै तर्फ ‘सर्जिकल स्ट्राइक’को चर्चा छ । भारतीय मिडियामा भने मोदीले पाकिस्तानलाई सजाय दिए भन्दै चर्चा गरिएको छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment