लमहीः राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तन गराउन आउनेलाई गाउँवस्तीबाट लखेट्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
धर्म परिवर्तनको खेललाई ‘भूसको आगो’ भन्दै उनले धर्म परिवर्तन गर्नका लागि आउनेलाई गाउँ, टोल, वस्तीमा प्रवेश निषेध गर्न आग्रह गरे।
धर्म परिवर्तनको खेललाई ‘भूसको आगो’ भन्दै उनले धर्म परिवर्तन गर्नका लागि आउनेलाई गाउँ, टोल, वस्तीमा प्रवेश निषेध गर्न आग्रह गरे।
विश्वमै हिन्दू धर्मले चिनिएको नेपाललाई अहिले धर्म परिवर्तन तथा धर्म निरपेक्षको नाममा पहिचान नै मेटाउन थालिएको उनको भनाइ थियो। राप्रपा नेपालको कार्यकर्ता प्रशिक्षण भेलालाई दाङको लमहीमा मंगलबार सम्बोधन गर्दै थापाले भने,‘हाम्रो पहिचान यसरी मेटाउन पाइँदैन, कुनै पनि हालतमा यो हामीलाई मान्य हुँदैन।’
‘तपाईंको घर, छर छिमेक गाउँमा धर्म परिवर्तन गर्न आउनेलाई गाउँ प्रवेश गर्न नदिनुहोस्’उनले भने,‘धर्म परिवर्तन गराउने खेल महारोग हो, भुसको आगो सल्किन थालेको छ, सचेत रहनुहोस्।’ धर्म र संस्कृतिलाई बलियो बनाउनका लागि यसभित्र रहेका विकृतिको अन्त्य अनिवार्य रहेको धारणा उनले राखे।
‘जातीय भेदभावको अन्त्य हुनुपर्छ, दलित भएकै कारण मन्दिर प्रवेशमा रोग लगाईनु कदापि हुदैन्’ उनले भने ‘हिन्दू धर्मलाई बचाउन अनि यसलाई अझ व्यापक बनाउनका लागि यस्ता विकृतिहरु ह्टाउन जरुरी छ ।’ भाषणको अधिकांश समय उनले हिन्दू धर्मकै वकालत गर्न खर्चिएका थिए।
एक अर्काे प्रसङ्गमा अध्यक्ष थापाले आफू सम्मिलित अघिल्लो सरकारले मधेसको समस्या सम्बोधन गरिसकेको भन्दै त्यसका लागि फेरि भारतसँग झुक्नु नपर्ने बताए। ‘हाम्रो पालाको सरकारले नै मधेसलाई सम्बोधन गरिसकेको छ’ उनले भने ‘फेरि बाह्य हस्तक्षेप स्वीकार्य हुँदैन।’

0 comments:
Post a Comment