Recent

Children's Hospital of the saw suddenly Gagan Thapa?


काठमाडौंः स्वास्थ्य मन्त्री गगन थापाले कान्ति बाल अस्पतालको निरीक्षण गरेका छन्। मंगलबार बिहान महाराजगन्जस्थित अस्पताल पुगेर मन्त्री थापाले अस्पतालको निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा स्वास्थ्य मन्त्री थापाले अस्पतालको सेवामा सुधार ल्याउन १० बुँदे निर्देशन दिएका छन्।
अस्पतालमा आईसीयू सेवा विस्तारको काम अघि बढाउन निर्देशन दिँदै मन्त्री थापाले कान्ति बाल अस्पतालमा उपचारका लागि अाउने बिरामी अन्य अस्पतालमा किन रेफर गरिएको हो त्यसको कारणसमेत मागेका छन्।
उनले अस्पतालमा अाएका बिरामी किन, कसरी र को फर्कियो भन्ने विषयमा रेकर्ड राखेर तीन महिनाभित्र मन्त्रालयमा पेश गर्न निर्देशन समेत दिए। कान्ति बाल अस्पताल उपचारका लागि आउने विरामी उपचार नपाएर फर्किने गरेको गुनासो बढिरहेका बेला मन्त्री थापाले अस्पताललाई यस्तो निर्देशन दिएका हुन्।
मन्त्री थापाले अस्पतालको सरसफाइ व्यवस्थापन गर्न समेत निर्देशन दिए। बिरामीलाई सेवा दिन कन्जुस्याइँ नगर्न निर्देशन दिँदै मन्त्री थापाले अस्पताल जनशक्ति अपुग भए थप गर्नका लागि खाका तयार पारेर आफूलाई बुझाउन भनेका थिए।
मन्त्री थापाले बिरामीका लागि सूचना दिन सूचना डेक्स तत्काल स्थापना गर्न समेत निर्देशन दिए। उनले भने,‘बिरामीलाई कुन सेवा कहाँ पाइन्छ भन्ने जानकारी नहुन सक्छ। त्यसैले बिरामीलाई सूचना दिन तत्काल सूचना डेक्स स्थापना गर्नुस्।’
मन्त्री थापाले अनुगमनपछि अस्पतालका समस्या र त्यसको समाधानबारे अस्पतालका निर्देशक, विशेषज्ञ चिकित्सक तथा कर्मचारीसँग छलफल गरेका थिए। छलफलका क्रममा अस्पतालका चिकित्सकहरुले अस्पतालभित्र रहेका समस्याबारे मन्त्री थापासँग गुनासो पोखेका थिए।
अनुगमनका क्रममा मन्त्री थापाले अस्पतालमा भर्ना भएका बिरामीहरुसँग समेत कुराकानी गरेका थिए।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment