Recent

Iron cooking pot benefit


एजेन्सी । धेरैले फलामको भाँडामा खाना बनाउँछन् । जुन हाम्रो परम्पराको एउटा अंश पनि हो । सामान्य नजरले पनि यसलाई राम्रो मानिन्छ । यति मात्रै होइन, यससँग जोडिएका केही स्वास्थ्यका लागि लाभदायक कारण पनि छन् । जब हामी फलामको भाँडामा खाना बनाउँछौँ, यसको केही अंश हाम्रो खानामा मिसिएर शरीरमा पुग्छ । जसले रगतमा हेमोग्लाबिनको मात्रा बढाउँछ जसले गर्दा रक्तअल्पता जस्ता समस्या आउनबाट जोगाँउछ । पालक र टमाटर जस्ता आइरन भएको तरकारी जब फलामको भाँडामा पकाइन्छ । यीनमा पोषकतत्वको मात्रामा वृद्धि हुन्छ । आजकाल धेरैले खाना राम्रो देखाउनका लागि एल्युमिनियमका भाँडाको प्रयोग गर्छन् । तर, लामो समयसम्म यस्ता भाँडामा खाना बनाएर खानाले अपच, पाचन प्रणालीको कार्यक्षमतामा कमी आउने जस्ता समस्या उत्पन्न हुनसक्ने विभिन्न अध्ययनले देखाएका छन् । स्वास्थ्य खबरपत्रिका
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment