Recent

How tempting it is to spend what lahernuhosa


नेपाल राष्ट्र बैंकले अघिल्लो पटकको तुलनामा यसपटक सस्तो दरमा नोट छापेको छ। डलरको मुल्य उकालो लागेको र नेपाली रूपैयाँको अवमुल्यन भएको समयमा पनि सस्तो दरमा नोट छाप्नुलाई उसले सफलता भनेको छ ।
राष्ट्र बैकले सन् २०१५ र २०१६ मा अघिल्लो पटकको तुलनामा नोट छपाइमा ८७ करोड ६९ लाख बचत गरेको जनाएको छ ।

कुन नोट छाप्न कति खर्च ?

१००० को नोट

सन् २०१६ मा १००० दरको २० करोड थान नोट छपाउँदा प्रतिएकाई १.९० रुपैयाँ खर्च।

अघिल्लोपटक सन् २०१४ मा सोही दरको नोट छपाउँदा भएको खर्च ३.९२ रुपैयाँ प्रतिएकाइको तुलनामा ५१.५३ प्रतिशत कम। सन् २०१६ मा १००० को नोट छाप्दा ४०.४० करोड बचत।
५०० को नोट
सन् २०१६ मा ५०० रुपैयाँ दरको १८ करोड थान नोट छपाउँदा प्रतिएकाइ २.९२ रुपैयाँ खर्च।


यो खर्च अघिल्लोपटक सन् २०१३ मा सोही दरको नोट छपाउँदा भएको खर्च ३.१३ रुपैयाँ प्रतिएकाइको तुलनामा ६.७१ प्रतिशत कम हो। सन् २०१६ मा ५०० रुपैयाँको नोट छाप्दा ३.७८ करोड रुपैयाँ बचत।

१०० को नोट
सन् २०१५ मा १०० रुपैयाँ दरको २० करोड थान नोट छपाउँदा प्रतिएकाइ २.१५ रुपैयाँ खर्च।

यो अघिल्लोपटक सन् २०१२ मा सोही दरका नोट छपाउँदा भएको खर्च २.५९ रुपैयाँ प्रतिएकाइको तुलनामा १६.९९ प्रतिशत कम। २०१५ मा १०० रुपैयाँ दरको नोट छपाउँदा ८.८० करोड रुपैयाँ बचत।

५० को नोट
सन् २०१५ मा ५० रुपैयाँ दरको २४ करोड थान नोट छपाउँदा प्रतिएकाइ १.४८ रुपैयाँ खर्च।

यो अघिल्लोपटक सन् २०१३ मा सोही दरका नोट छपाउँदा भएको खर्च २.०६ रुपैयाँ प्रतिएकाइको तुलनामा २८.१६ प्रतिशत कम। ५० रुपैयाँ दरको नोट छपाउँदा १३.९२ करोड बचत।
२० को नोट छपाउँदा
सन् २०१६ मा २० रुपैयाँ दरको २१ करोड थान नोट छपाउँदा प्रतिएकाइ १.११ रुपैयाँ खर्च।

यो अघिल्लोपटक सन् २०१३ मा सोही दरका नोट छपाउँदा भएको खर्च २.१ रुपैयाँ प्रतिएकाइको तुलनामा ४७.१४ प्रतिशत कम हो।२० रुपैयाँ दरको नोट छपाउँदा २०.७९.९२ करोड बचत। सुरक्षा विशेषता सबै नोटमा पहिलेभन्दा बढी।

विष्णु बेल्वासेले अाजको नागरिक दैनिकमा समाचार लेखेका छन् ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment