Recent

Backstage on Saturday in New York gunjine


चर्चित नेपाली सांगीतिक समूह ‘नेपथ्य’ शनिबार न्यूयोर्कमा गुन्जिने भएको छ । न्यूयोर्कमा करिब एक वर्षको अन्तरालमा नेपथ्यको यो दोस्रो प्रस्तुति हो ।

अमेरिका सबैभन्दा धेरै आप्रवासी नेपालीहरुको बसोबास रहेको न्यूयोर्कस्थित ‘ह्यामरस्टाईन बलरुम’मा शनिबार राति नेपथ्यले आफ्नो लाईभ कन्र्सट गर्ने लागेको हो । यसअघि गत वर्षको भदौ १२ मा पहिलोपटक नेपथ्य सोही हलमा घन्किएको थियो ।

तीन हजार पाँच सय दर्शक क्षमता रहेको ह्यामरस्टाईन बलरुम, अमेरिकाको मध्यमस्तरको सांगीतिक सेन्टर हो । कन्र्सटका लागि नेपथ्य समूह बुधबार नै न्यूयोर्क आइपुगेको छ । यसपटकको नेपथ्य प्रस्तुतिको नारा ‘शान्तिका लागि कन्र्सट’ राखिएको आयोजक संख्या वल्र्ड फेसन परेडका संस्थापक राजा घिमिरेले कान्तिपुर लाई बताए ।

यसपटकको लाईभ कन्र्सटमा नेपथ्यले नयाँ गीत प्रस्तुत गर्ने भएको छ । रविन्द्र मिश्रको रचनामा रहेको ‘विगतबाट सिक्ने हो, बोकी हिँड्ने होइन्. ...अनि पो नेपाली, हामी नेपाली...नामी नेपाली’ बोलको राष्ट्रिय गीतलाई शनिबार नेपथ्यले पहिलोपटक गाउने नेपथ्यको अमृत गुरुङले कान्तिपुर लाई बताए । नेपथ्यले नै सो गीतमा संगीत भरेको छ  ।

अमेरिकाको नेपाली समाजमा परम्परागत शैलीमा सांगीतिक कार्यक्रमहरुका आयोजना हुँदै आए पनि नेपथ्यको आगामी ‘रक फक स्टेज शो’को प्रस्तुतिमा दर्शकहरु खचाखच हुने अपेक्षा आयोजकको छ । आयोजकले यसपटक कन्र्सटका अलावा डेढ घण्टाको ‘डिजे पार्टी’ पनि राखेको छ  ।

न्यूयोर्कपछि असोज १५ मा नेपथ्यले क्यालिफोर्नियाको सानफान्सिस्कोमा सांगीतिक प्रस्तुति गर्नेछ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment