Recent

Dhading bus accident toll reaches 15 (Update)


धादिङबेसीः धादिङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ। दुर्घटनामा अन्य १५ जना घाइते भएका छन्।
धादिङबेसीबाट किन्ताङ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको यात्रुबाहक बस मार्पाक–६ लपाङफेदीमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु र अन्य पाँच जनाको उद्धारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए।
उनका प्रहरी र स्थानीयबासीको टोलीले घाइतेहरुको उद्धार गरिरहेको छ। घाइतेमध्ये पाँचजनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं लगिएको हो।
बस सडकबाट करिब २०० मिटर तल आँखु खोलामा खसेको प्रहरीले जनाएको छ।
बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको उद्धारमा खटिएका स्थानीय मरिचमान तामाङले बताए।
घटनास्थल धादिङ सदरमुकाम धादिङबेसीबाट एक दिनको पैदल दूरीमा पर्दछ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment