Recent

Delhi to Kathmandu, after preliminary Airbus cockpit smoke emergency landing


काठमाडौं : दिल्लीबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको उडान नम्बर २०५ को एयरबस ए320 ‌(लुम्बिनी) त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार अपरान्ह आकस्मिक  अवतरण  गराइएको छ।
अवतरण गर्ने क्रममा ककपिटमा धुँवा देखिएपछि अपरान्ह साढे तीन बजे फोर्स ल्यान्डिङ गरिएको हो ।करिब २५ हजार फिट आउँदा अचानक धुँवा देखिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
विमानस्थललाई खाली गराएर आपतकालीन अवतरण गराइएको थियो । त्यसक्रममा अग्नी नियन्त्रकसहित विशेष उद्धार टोललाई एयरपोर्टमा तयारी अवस्थामा राखिएको थियो। जहाजमा रहेका सबै यात्रु सकुशल छन् ।विमानमा चालक दलका सदस्यसहित डेढसय यात्रु थिए।
आपतकालीन अवतरणका लागि एयरपोर्ट आधा घन्टा बन्द गरिएको थियो। त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार जहाजलाई जाँचबुझका लागि ग्राउन्डेड गरिएको छ । उनले प्राविधिक जाँच गर्दा जहाज सामान्य अवस्था पाइएको बताए। उनले एयरपोर्टमा सामान्य अवस्थामा संचालनमा आएको जानकारी दिए। 
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment