Recent


आलु संसारको सबै भुभागमा प्रयोग गरिन्छ । आलु तपाईले प्रत्येक घरको भान्सामा पाउन सक्नु हुन्छ । आलु हाम्रो मुख्य खानेकुरामा पर्छ । अझ भन्नु पर्दा आलुलाई त तरकारीको राजा नै मानिन्छ । potatoतर, के तपाईलाई आलुका प्रकारका बारेमा थाहा छ त ? आलुको रंगरुप कस्तो हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । तर तपाईले कहिल्यै बिचार गर्नु भएको छ, कतिपय आलु हरियो रंगको पनि हुन्छ ?

र त्यो हरियो रंग आलुमा एक प्रकारको क्लोरोफिल (chlorophyll) बाट आउँछ । हरियो आलु बिर्सेर पनि प्रयोग नगर्नु किनकि त्यो स्वास्थ्यको लागि अत्यन्तै हानिकारक हुन्छ । अझै भन्ने हो भने हरियो आलु सेवन गर्नु भनेको विष सेवन गर्नु जस्तै हो । बैज्ञानिकहरुको अध्ययन अनुसार हरियो आलुमा सोलानिन (solanine) नामक एक विषादी हुन्छ जसले पखाला, बान्ता, रिंगटा, टाउको दुख्ने र अन्य रोगहरु निम्त्याउँछ ।

क्लोरोफिल (chlorophyll) को मात्रा धेरै भएमा आलु हरियो देखिन्छ । क्लोरोफिल मानव स्वास्थ्यका लागि साँच्चिनै हानिकारक हुन्छ । यही क्लोरोफिलका कारण आलु हरियो भएको हो । युनिभरसिटी अफ नेवरास्का-लिंकनका प्रोफेसर अलेग्जेन्डर पाभलिस्टाका अनुसार, ४५ किलो ग्राम तौल भएको मानिसले करिव आधा किलो ग्राम हरियो आलु खायो भने उसलाई बिभिन्न रोगहरुले एकै पटक आक्रमण गर्छ र उ बिरामी परि हाल्छ ।

ती प्रोफेसरका अनुसार हरियो आलुलाई बजार सम्म पुग्नै दिन हुँदैन । सकिन्छ भने यस्ता हरियो रंगको आलुलाई नष्ट गर्नु राम्रो हुन्छ ।होइन भने, यस्ता आलुहरु मधुरो प्रकाश तथा चिासो ठाउँमा थन्क्याउनु पर्छ जसका कारण सोलानिन बाट बचाउन सकिन्छ । प्रोफेसरका अनुसार केही गरि तपाईलाई यस्ता आलु खानै परे पनि हरियो भाग चाँही बिर्सेर पनि नखानु । आलुमा भएको हरियो भागलाई चटक्कै पन्छाउनु पर्छ ।

यदि हरियो आलुको स्वाद तीतो छ भने, यस्तो आलु खानै हुँदैन । यस्ता आलुहरु स्वस्थ्यकर हुँदैनन् । यो तीतो स्वाद भनेको आलुमा उपलब्ध विष हो । सबै भन्दा राम्रो के हो भने हरियो रंगको आलु कहिल्यै प्रयोग नगर्नुहोस र आफ्नो अमुल्य स्वास्थ्य बचाई राख्नुहोस् ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment