Recent

Dashain in 2 hours in daily load-shedding


विद्युत् प्राधिकरणले दसैंमा दैनिक दुई घण्टा मात्र लोडसेडिङ हुने भएको छ । फूलपातीदेखि पूर्णिमासम्म लोडसेडिङ दैनिक चार घण्टा घटाइने प्राधिकरणले जनाएको छ ।

दसैं बिदामा उद्योगधन्दा तथा सरकारी कार्यालयसमेत बन्द हुने भई विद्युत् खपत कम हुने भएकाले लोडसेडिङ घटाइने प्राधिकरणका एक अधिकारीले बताए । उद्योगधन्दाले मात्र ३ सय १५ मेगावाट विद्युत् खपत गर्छन् ।

हाल मुलुकमा विद्युतको माग १३ सय मेगावाट छ । विद्युत् उत्पादन भने ७ सय २० मेगावाट (हिउँदयाममा मात्र विद्युत् उत्पादन गरिने ६० मेगावाटको कुलेखानी पहिलो, ३२ मेगावाटको कुलेखानी दोस्रोबाहेक) हाराहारी छ भने प्राधिकरणले भारतबाट ३ सय मेगावाट हाराहारी बिजुली आयात गरिरहेको छ ।

दसैंका बेला प्राधिकरणले भारतबाट बिजुलीको आयातसमेत घटाउने भएको छ । ‘दसैं बिदामा भारतबाट आयात गरिने बिजुलीसमेत केही दिनलाई घटाउने तयारी गरेका हौं,’ प्राधिकरणका अधिकारीले भने । प्राधिकरणले दसैंमा लोडसेडिङ घटाउने औपचारिक घोषणा भने केही दिनपछि मात्र गर्ने भएको छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment