Recent

16 years obsessed with LSD, hashish eat lagimatrai iranadekhi Nepal



इरानी नागरिक भाहिद निक्जामिर पटक-पटक पर्यटन भिसामा नेपाल आइरहन्छन्।

पछिल्लोपटक गत १६ साउनमा उनी नेपाल आए। प्राकृतिक मनोरमले उनलाई नेपालप्रति आकर्षित गरेको होइन। नेपालको चरेसले उनलाई आकर्षिक गरेको हो। नेपालको चरेस विश्वकै उच्च गुणस्तरीय हुने भएकाले त्यही चरेस खान उनी पटक-पटक आउने गरेका हुन्।

चरेस खान तीन वर्षदेखि नेपाल आउजाउ
उनी १६ वर्षदेखि चरेसका अम्मली हुन्। तीन वर्षयता नेपालको चरेसले उनलाई मोहित बनाएको थियो। पटक–पटक नेपाल आएर चरेस लिएर जाने उनी यसपटक भने फन्दामा परेका छन्। शनिबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)को टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई एक किलो सात सय ग्राम चरेससहित पक्राउ गरेको छ। मुम्बई हुँदै श्रीलंका जान खोज्ने क्रममा उनी पक्राउ परेको एनसिबीका डिएसपी अपिल बोहराले बताए।

निक्जामिर बाग्लुङ पुगेर आफैँले उक्त चरेस बनाएका थिए। चरेस गाँजाबाट बन्छ। पहाडी जिल्लाको गाँजाको चरेस राम्रो हुने भएकाले उनी आफैँ बाग्लुङ गएर चरेस बनाएका थिए। नेपालको गाँजामा टेट्रा हाइड्रो क्यानाबिनल (टिएचसी) धेरै हुने भएकाले नेपालको चरेस विश्वभर माग हुने गरेको छ। उनी पनि नेपाली चरेसको स्वादमा पल्किएका थिए।

बाबुको घर छाड्ने आदेशपछि भारतमा
इरान घर भए पनि उनी पछिल्लो समय श्रीलंका र भारतमा बस्न थालेका थिए। चरेसको अम्मली भएकै कारण बुबाले केही पैसा दिएर घर छाड्न लगाएपछि आफू भारत आएको उनले बताएका छन्। एक सांगीतिक ब्यान्डमा उनी ड्रमरका रूपमा काम गर्छन्। उनकी प्रेमिका शुक्रबार स्वदेश फर्किएकी थिइन्। बरामद भएको चरेस आफैँलाई सेवन गर्न उनले लैजान लागेका थिए। सुटकेसमा फल्सबटम बनाएर लुकाएको अवस्थामा चरेस बरामद भएको थियो। उनको साथबाट ४ सय ५ ग्राम यार्सागुम्बा पनि बरामद भएको छ। जुन अवैध भएकाले उनलाई वन ऐनअनुसार कारबाही हुने भएको छ।

ठमेल चरेस हब
चरेसकै लागि नेपाल आउने उनी एक्ला विदेशी भने होइनन्। नेपालमा धेरै विदेशी नागरिक चरेसलगायत लागुऔषध सेवनका लागि नेपाल आउँछन्। पछिल्लो समय ठमेल चरेस सेवनको हब बन्दै भएको छ। पछिल्लो समय प्रहरीले हरेक साता ठमेलमा चरेस बरामद गर्दै आएको छ। दुई साताअघि मात्र महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले चित्र गुरुङ र नारायण खनाललाई पाँच केजी चरेससहित पक्राउ गरेको थियो । पछिल्ला तीन महिनामा ठमेलमा २० केजीभन्दा धेरै चरेस बरामद भइसकेको छ । विदेशीकै लागि लक्षित गरी ठमेलमा चरेस भित्रिने गरेको डिएसपी सोमेन्द्रसिंह राठौर बताउँछन्। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment