Recent

Australia's La Trobe University to provide scholarship to Nepalese


काठमाडौं—अस्ट्रेलियाको मेलवर्न सहरस्थित विश्वकै प्रतिष्ठित ला ट्रोब विश्वविद्यालयले नेपाली विद्यार्थीलाई १५ देखि २५ प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ।

उक्त विश्वविद्यालयले काठमाडौंमा पत्रकार सम्मेलन गरेर शैक्षिकसत्र २०१७ देखि नेपालीलगायत अन्तर्राष्ट्रिय विद्यार्थीलाई स्नातक र स्नातकोत्तर तहको अध्ययनमा १५ देखि २५ प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको हो।

'विश्वका उत्कृष्ट ४०० विश्वविद्यालयमध्ये ४८औँ स्थानमा रहेको हाम्रो विश्वविद्यालयमा ३० हजार भन्दाबढी विद्यार्थी अध्ययनरत छन्, जसमा नेपालीको सङ्ख्या २०० बढी छ”– विश्वविद्यालयका प्राध्यापक पल म्याथरले भने।

विश्वस्तरीय अध्ययन अध्यापनका निम्ति प्रसिद्धि कमाएको उक्त विश्वविद्यालयले आगामी वर्षदेखि त्रिभुवन विश्वविद्यालयलगायत नेपालका विश्वविद्यालयसँग शैक्षिक कार्यक्रममा सहकार्य गर्ने योजना बनाएको जानकारी पनि उनले दिए।

तीनवर्षे स्नातक र दुईवर्षे स्नातकोत्तर कार्यक्रम सेमेस्टर प्रणालीमा सञ्चालन हुने र पूरै कार्यक्रममा घोषित छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिँदै प्रा पलले ‘जसले पहिले भर्नाका निम्ति आवेदन गर्छ उसले नै छात्रवृत्ति पाउने’ (फस्ट कम फस्ट सर्भ) नीति विश्वविद्यालयले निर्धारण गरेको उल्लेख गरे। रासस
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment