Recent

22-year-old at home and abroad, the campaign to save khinamayalai


२२ वर्षको उमेरमै दुवै मृगौला फेल भएकी तेह्रथुमको फाक्चामारा–४ की खिनमाया कुरुम्फङ लिम्बूलाई बचाउन ‘खिनमाया बचाउ अभियान’ थालेका छन् । खिनमायाको उपचारमा सघाउन स्वदेश तथा विदेशबाट सहयोग संकलन पनि हुन थालेको हो ।
अहिलेसम्म ४ लाख रुपैयाँ भन्दा बढी रकम संकलन गरिएको अभियानमा संलग्न रहेका पत्रकार प्रकाश पाक्सावाले जानकारी दिनुभयो । खिनमायाका लागि तेह्रथुम मलेसिया मन्चले एक लाख ६ हजार ५२ रुपैया तथा मलेशियामा कार्यरत नेपालीहरुले संकलन गरेको ८१ हजार रुपैयाँ अभियानमा हस्तान्तरण गर्नुभयो । 
यस्तै, इजरायलमा कार्यरत देव बाँस्कोटाको नेतृत्वमा संकलित २७ हजार, हङकङमा कार्यरत कुरुम्भङ लिम्बुको अगुवाईमा संकलित ६९ हजार र सम्दु घर भई अहिले भारतमा कार्यरत सुमिना चोङवाङद्धारा ९ हजार रुपैयाँ सहयोग उपलब्ध भएको अभियानले जनाएको छ ।   
खिनमायालाई भारतमै कार्यरत डम्बर प्रधानले ९ हजार, पञ्चकन्या घर भई प्रवासमा कार्यरत भक्त पारघरीले १० हजार, साउदीमा कार्यरत विष्णु मगरले १४ हजार र दिलकुमार पाक्सावाको सक्रियतामा साउदीमा संकलित १८ हजार रुपैयाँ र अस्ट्रेलियामा कार्यरत राधिका पोखरेलले पनि ५ हजार रुपैयाँ सहयोग पनि उपलब्ध गराइएको छ । 
खिनमायाका श्रीमान तिलप्रसादल लिम्बूको नाममा धरानस्थित राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नम्बर २१६००३३९१७१० मा पनि सहयोग रकम संकलन भइरहेको छ । तिलप्रसादले इच्छुक सवैले आफ्नो खातामा रकम सहयोग गरिदिए ठुलो गुन लाग्ने बताउनुभयो । आठ महिना अघिमात्रै विवाह गरेकी खिनमायालाई गर्भवती भएपछि मृगौला फेल भएको पत्ता लागेको थियो । उपचारकालागि १० लाख बढी रुपैयाँ लाग्ने चिकित्सकले बताएका छन् ।
खिनमायाको उपचारमा सहयोगका लागि सहयोग गर्न चाहनेले उहाँका तिलप्रसादको मोवाइल नम्बर ९८१९३१३९४२, पत्रकार प्रकाश पाक्सावाको मोवाइल नम्बर ९८४२३०५९८५ तथा तीनजुरे टाइम्स दैनिकको कार्यालय सम्पर्क नं. ०२६–४६०१५० मा सम्पर्क गर्न सकिनेछ । 
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment