Recent

120 detainees still has not decreased josajamgara mother, like roasted maize meal


सुन्दा र देख्दानै अनौठो लाग्ने सवै विषय तथा घटना, परिघटनाहरु हुदैनन् । अनौठा र ताजुव लाग्दा विषय वस्तुहरु विरलै रुपमा भेटिन्छन । त्यसतै ताजुव लाग्दो विषयकी एक सशक्त पात्र हुन १२ सन्तालाई जन्म दिएकी जाजरकोट भेरीमालिका नगरपालिका वडा नं. ६ भेरेकी भिमा वली ।

कुरा सुन्दा नै अपत्यारिलो जस्तो लाग्ने भिमा वलीले आफु हाल १ सय २० वर्षको उम्मेरमा पुगेको वताई रहेकी छन् । यति धेरै लामो उम्मेर सम्म वाच्न पाएकोमा आफुलाई गौरव पनि गरिरहेकी छन् ।


१ सय २० वर्षिय भिमा वलीले अझै पनि आफुले पोलेको मकै र भुटेको भट्ट खाना सक्ने वताई रहेकी छन् । आँखा नदेख्ने र कान नसुन्ने वलीको वोल्नलाई भने, कुनै समस्या देखिएको छैन् ।


६ भाई छोरा र ६ वहनी छोरीलाई जन्म दिएकी वलीले आफुले काललाई पनि जिति सकेको वताई रहेकी छन् । अन्तिम १२ औं सन्तानका रुपमा कान्छो छोरा टिकाराम वलीलाई २०१६ सालमा जन्म दिएको उनले जानकारी दिईन् ।

भातको खाना आफुलाई घाँटी लाग्ने वताउने भिमा वलीले मकैको रोटी दुधमा भिजार खान खजिलो हुने वताई रहेकी छन् । प्राय अन्य खानावाट आफुलाई चिसो हुने वताउदै आएकी १ सय २० वर्षिय वलीलाई चिया भने, अनिवार्य खानै पर्ने वताई रहेकी छन् । दैनिक खानामा दही, दुध पनि खाई रहेकी वलीले चाउचाउ खाना पनि आफुले निकै मन पराउने वताउदै आएकी छन् ।

सल्यानको दार्माकोट जन्मघर भएकी वलीले दार्माकोटमा हाल सम्म अघिल्लो पुस्ताको कोही पनि नरहेको र नयाँ पुस्ताका कसैलाई पनि आफुले नचिन्ने वताई रहेकी छन् । एक सताब्दी भन्दा वढी उम्मेर पुगेकी वलीले आफुने जन्म दिएका १२ सन्तान मध्य हाल दुई छोरा र एक छोरी मात्र जिवित रहेको वताईन् । जिवित रहेका मध्य छोरा हरिबहादुर वली र तिकाराम वली रहेका छन् भने, छोरीमा ओईली खत्री रहेकी छन् । अन्य ९ दिदी वहनी र दाजु भाईको यस अघि नै मृत्यु भई सकेको छ ।

कान्छो छोरा टिकाराम वलीसंग वस्दै आएकी वलीले काल आयो भने, भोली नै मर्छु होला आफुलाई लागे पनि आफ्नो लागि अझै काल नआएको वताई रहेकी छन् । २०५२ सालमा नेपाली नागरिकताको प्रमाण पत्र वनाएकी वलीले नेपाल सरकारवाट वुझ्ने जेष्ठ नागरिक भत्ताले आफुले लगाउने कपडा र खानालाई चिनी चियापत्ति खरिदमा खर्च गर्ने गरेको वताईन ।


साथै १ सय २० वर्षिया भीमा वलीले नजिकिदै गरेको वडा दशैको उपलक्ष्यमा सम्पुर्ण नेपालीहरुको उन्नती, प्रगति र समुन्नतीको कामना गरेकी छन् ।– दीपबहादुर घर्ती, डिजीजटलसंचारबाट
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment