Recent

To avoid this problem can be heard in the ear


जुन शब्द वस्तुतः उत्पन्न नै भएका हुँदैनन् त्यस्ता ध्वनि सुनिनु भनेको कान कराउनु वा बज्नु हो । यसलाई अंग्रेजीमा ‘टाइनिटस' भनिन्छ । तपाईं कुनै बसपार्कमा कसैको प्रतीक्षामा उभिनुभएको छ, त्यहाँ तपाईंलाई यस्तो भान हुन्छ कि अलि पर उभिरहेको अपरिचित व्याक्तिले तपाईंलाई गाली गर्‌यो । तपाईं रिसले चुर भएर उसको छेउमा पुग्नुहुन्छ । आक्रामक मुद्रामा उसलाई सोध्नुहुन्छ, ‘मलाई किन गाली गरेको ?'
अमूक व्यक्ति आश्चर्यचकित हुन्छ । ऊ बारम्बार सफाइ दिइरहेको छ, ‘मैले तपाईंलाई गाली गरेको छैन ।' तर तपाईं उसको कुरा पत्याउनुहुन्न । आफ्नै कुरामा जिद्दी गर्नुहुन्छ । उसको पनि धैर्यको बाँध टुट्छ र स्पष्टीकरण दिन छोडेर व्यंग्य गर्दै भन्छ, ‘तपाईंको कान कराइरहेको छ भने यसमा म के गर्न सक्छु ।'
यस्ता घटना पनि हुन्छन् कान कराउने समस्याबाट पीडित व्याक्तिहरूसँग । त्यस व्यक्तिले पीडितलाई गाली गरेको थिएन । तर उसलाई गाली गरेको भान भयो । जुन शब्द वस्तुतः बोलेकै छैन, त्यस शब्दलाई उसले सुन्छ । टाइनिटस अर्थात् कान कराउने समस्या भएमा यस्तायस्ता शब्द, ध्वनिहरू सुनिन्छन् कि जुन शब्द आवाजहरू वस्तुतः उत्पन्न नै भएका हुँदैनन् ।
घन्टी बज्नु, छाल उर्लेको आवाज सुनिनु, सायँसायँको आवाज, सिट्ठी बजेको, गीत गुनगुनाएको वा अरू नै प्रकारका आवाजहरू कानमा निरन्तर वा रोकिँदै आउँदै गर्छन् । यस किसमको आवाज एक वा दुवै कानमा हुनसक्छ । जब आसपास सुनसान वातावरण हुन्छ वा एकदमै कम आवाज भइरहेको छ भने त्यस बेला कानमा आउने आवाज बढ्छ । शान्त कोठामा गहिरो निद्रामा सुतिरहेका बेला पनि यस प्रकारको आवाज महसुस हुन्छ ।

श्रवणशक्ति

कान एउटा इन्द्रिय हो । कसैको कान बज्छ भने स्वाभाविक रूपले यो मानिन्छ कि उसको सुन्ने शक्ति कमजोर हुँदैछ या भइसकेको छ । वास्तविकता यसको विपरीत हुन्छ । कान कराउने र श्रवणशक्तिको परस्पर कुनै सम्बन्ध हुँदैन । कान काराउने ‘टाइटिनिस'बाट पीडित व्याक्तिलाई सुन्नमा कुनै अप्ठ्यारो हुँदैन । जुन व्यक्ति यस्तो आवाज पनि सुन्नसक्छ जो वस्तुतः उत्पन्न भइरहेको हुँदैन । उसलाई कसैले भनेको कुरा सुन्नमा किन अप्ठ्यारो हुन्छ ।
बरु केही कुरामा त कान बज्ने समस्याबाट ग्रस्त व्याक्तिहरू अन्य आवाज, सामान्य व्यक्तिको तुलनामा चाँडै सुन्छन् । आवाज कम सुन्नाले कान बज्ने समस्या सुरु भएको होइन । कान कराउनु श्रवणशक्ति कम हुनुको पूर्वसंकेत भने अवश्य हुनसक्छ ।

कान किन कराउँछ

टाइनिटस अर्थात् कान कराउनुको कारण कानमा (इन्फेक्सन) संक्रमण हुनु हो । कानभित्र रुकावट हुनु हो । कानको इन्फेक्सन वा ब्लकेजको राम्रोसित उपचार गरिएको छ भने कान कराउने समस्याबाट मुक्ति पाइन्छ । उपचार गराउँदा पनि कान कराउने समस्या भई नै रह्यो भने यसको उपचार गराउन आवश्यक हुन्छ ।
कान बज्ने कारण यही नै हो भनेर ठोकुवा गर्न मिल्दैन । यसका अनेकौं कारण हुन सक्छन् । जस्तै, टाउकोमा चोटपटक लाग्नु, कानमा इन्फेक्सन हुनु, कानमा जाम (ब्लकेज) हुनु, काननेर ठूलो आवाज, विस्फोट हुनु, रुघाखोकी, पिनासदेखि मधुमेहसम्मका कुनै रोग लाग्नु, रक्तअल्पता (एनिमिया) हुनु, मुटुको रोग, उच्च रक्तचाप, रगतमा थायराइडको स्तर कम हुनु, कानमा कानेगुजी भरिनु आदि ।
कामको अत्यधिक चापका साथै मानसिक तनावले पनि कान बज्ने समस्या सुरु हुनसक्छ । एन्टिबायोटिक औषधिहरूको प्रयोग, स्प्रिन टेबलेट, मूत्रवर्धक (पिसाब लागाउने) औषधि, एन्टिडिप्रेसनको औषधि तथा अत्यधिक रक्सीको सेवनले पनि कान कराउने समस्या हुनसक्छ ।
वृद्धावस्थामा कानको अनेक भागमा क्षय हुनुका साथै विकृति आउनाले पनि कान कराउन सक्छ । भित्री कानको रोगका कारण तथा मध्य कानको हड्डीमा क्षयजनित रोगले पनि यसो हुनसक्छ । कान कराउने समस्या छ भने मनमस्तिष्कलाई दबाबबाट मुक्त राख्नुपर्छ अन्यथा स्थिति जटिल हुनसक्छ ।

जोखिम

कलकारखानामा काम गर्ने श्रमिक, संगीतकार तथा होहल्ला हुने वातावरणमा काम गर्ने मानिसहरू विशेष गरी जोखिममा हुन्छन् । अत्यधिक धूमपान गर्ने व्याक्तिमा पनि ‘टाइनिटस' समस्या विकसित हुने खतरा बढिरहन्छ ।

रोगको निदान

इएनटी (नाक, कान, घाँटी) रोग विषेशज्ञद्वारा यस रोगको परीक्षणका लागि एक किसिमको जाँच गराइन्छ जसलाई अडियोमेर्टरी भनिन्छ । यो बहिरोपन नाप्ने तरिका हो । रिपोर्ट हेरर चिकित्सकले के गर्ने भनेर सल्लाह दिन्छ ।

भावी फल

यस रोगको कुनै औषधि हुँदैन । यसको उपचार भनेको कानमा (हेयरिङ-एड) लगाउने हो । यसबाट आवाज प्रस्त सुनिन्छ ।

उपचार

एलोप्याथिक चिकित्सामा यस रोगलाई निको पार्न गाह्रो छ । हेयरिङ-एड कानमा लगाउन सल्लाह दिइन्छ । यस यन्त्रले आवाज ठूलो पारेर कानभित्र पठाइदिन्छ र व्यक्तिले राम्ररी सुन्नसक्छ । यो कान सुन्ने यन्त्र विभिन्न आकारप्रकारमा उपलब्ध छन् ।

होमियोप्याथिक उपचार

होमियोप्याथिक उपचारबाट समस्या हटाउन सकिन्छ । होमियोप्याथिक औषधिको विशेषता भनेको यसमा अन्य नकारात्मक प्रभाव हुँदैन । होमियोप्याथिक औषधिले सोझै हाम्रो शरीरको मुख्य नियन्त्रक अर्थात् मस्तिष्क स्नायुहरूमा प्रभाव पारेर मस्तिष्कद्वारा पीडित अंग या ग्रन्थीलाई दुरुस्त हुने प्रेरणा पठाउँछ । यो एक स्वउपचारको सही तरिका हो । यी औषधि नियमानुसार प्रयोग गर्ने हो भने कान बज्ने रोगबाट सदाका लागि सजिलैसित छुटकारा पाउन सकिन्छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment