Recent

The ministry canteen means garbage infest



अर्थमन्त्री कृष्णबहादुर महरा मन्त्रालयमा छँदा दिउँसो २ वटा रोटी र दाल खान्छन्।

उनको खाजा मन्त्रालय परिसरमै रहेको क्यान्टिनबाट आउँछ। मन्त्रीलाई सफा खाजा खुवाउने चमेना गृहको सरसफाइ भने न्यूनस्तरको छ। मन्त्री मात्रै होइन, दुईजना सचिव, सहसचिवलगायत दर्जनौँ कर्मचारी र सेवाग्राहीले समेत त्यही क्यान्टिन पुगेर चिया, खाजा खान्छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २४ साउनमा सिंहदरबारभित्रको क्यान्टिनको निरीक्षण गर्ने क्रममा अर्थ मन्त्रालयको क्यान्टिनको व्यवस्थापन आसतभन्दा तल रहेको देखाएको हो। ‘क्यान्टिन साह्रै फोहोर देखियो,’ अनुगमनमा गएका विभागका खाद्य निरीक्षक प्रमोदचन्द्र पौडेलले भने। विभागले अर्थ मन्त्रालयसहित सामान्य प्रशासन, व्यवस्थापिका–संसद् सचिवालय र केन्द्रीय क्यान्टिनको अनुगमन गरेको थियो। त्यसमध्ये अर्थ मन्त्रालयको क्यान्टिनमा बढी कैफियत फेला परेको उनले जानकारी दिए।

सफाइमा हेलचेक्र्याइँ
क्यान्टिन सञ्चालकले सफाइमा धेरै हेलचेक्र्याइँ गरेको विभागले जनाएको छ। ‘खानेकुरा भण्डारण गर्ने ठाउँ नै व्यवस्थित छैन। खाद्य र अखाद्य वस्तु एकै ठाउँमा राखिएको छ,’ पौडेलले भने, ‘भाँडा माझ्ने स्थान उत्तिकै फोहोर र अव्यवस्थित पायौँ।’ माझेर ल्याएको थाल, प्लेट पुछ्ने नगरेको पाइएको अनुगमनमा खटिएका अर्का खाद्य निरीक्षक नारायण भट्टराईले जानकारी दिए। भान्साबाट निस्किएको धुवाँ सजिलै बाहिर पठाउने भेन्टिलेटरसमेत नभएको विभागले जनाएको छ।

‘भेन्टिलेटर नहुँदा पकाउने र खाजा खाने दुवैलाई धुवाँले सताउने गरेको पाइयो,’ पौडेलले भने। उपभोक्तालाई पानी खुवाउन प्रयोग गरिएको डिस्पेन्सर फोहोर पाइएपछि त्यहाँबाट एक बोतल पानी परीक्षणका लागि ल्याएको उनले जानकारी दिए। ‘डिस्पेन्सरबाट झरेको पानीको स्वच्छता के-कस्तो छ भनेर परीक्षण गर्न लागेका हौँ,’ उनले भने। क्यान्टिन सञ्चालकले टेन्डर अवधि सकिन लागेको अनुगमन टोलीलाई जानकारी दिएका थिए। विभागले सफाइमा सुधार गर्न निर्देशन दिएको छ।

सिंहदरबारभित्रका क्यान्टिन औसत
सिंहदरबारभित्र प्रायः सबै मन्त्रालयले क्यान्टिन सञ्चालन गरेका छन्। तर, ती कुनै पनि क्यान्टिनको अवस्था उत्कृष्ट नभएको विभागले जनाएको छ। ‘सिंहदरबारभित्रका सबै क्यान्टिनको अवस्था औसत छ,’ विभागका सहायक प्रवक्ता मदन चापागार्इंले भने, ‘उत्कृष्ट व्यवस्थापनभन्दा पनि सामान्य ढंगले चलेका छन्, ती क्यान्टिनको खाजा बनाउने शैली पनि सामान्य किसिमकै छ।’

मन्त्रीलगायत उच्चपदस्थ कर्मचारीलाई खाजा खुवाउने क्यान्टिनमा तालिमप्राप्त कुकको कमी छ। सञ्चालकले सफाइमा लापरबाही गरिरहेका छन्। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment