Recent

This is a powerful Nepalese student made the water cycle


पथरी: मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका छन्।
बाढी आइरहेका बेला उद्धार गर्ने उद्देश्यले मनमोहन टेक्निकल कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका हुन्।
एक विद्यार्थी बर्जित थापाको समूहले सो साइकल बनाएको हो। उनले भने,‘बाढीको बेला उद्धार गर्न सहज बनाउने उद्देश्यले साइकल प्रयोगमा ल्याउन सकिन्छ।’ सो क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले प्रत्येक वर्ष बिदा भएर जाने अन्तिम वर्षका विद्यार्थीले प्रोजेक्ट वर्क अन्तर्गत प्रदर्शनी गर्नुपर्ने भएकाले प्रयोगात्मक पढाइको सिलसिलामा सो साइकल बनाएका हुन्।
क्याम्पसका क्याम्पस प्रमुख डा शुभाष पोखरेलका अनुसार सरकारले इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई प्रोत्साहन गर्न चासो नदेखाउँदा समस्या भएको छ। उनले भने,‘हामीले दक्ष जनशक्ति तयार गरिराखेका छौँ सरकारले लगानी गर्न चासो देखाएको छैन।’ रासस
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment