Directed the Secretary to attend 24 hours of manhandling vrddhamathi
जनकपुरधामः सामाजिक सुरक्षा भत्ता लिन गएका वृद्धमाथि हातपात गर्ने धनुषाका एकजना गाविस सचिवलाई २४ घण्टाभित्र उपस्थित हुन निर्देशन दिइएको छ।
दक्षिणवर्ती मुखियापट्टी मुसहरनिया गाविसका सचिव रामसुन्दर यादवलाई २४ घण्टाभित्र जिल्ला प्रशासन कार्यालय धनुषामा उपस्थित हुन पत्र काटिएको हो।
गाविस सचिव यादवलाई प्रशासन कार्यालयमा उपस्थित गराउन प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागार्इँले जिल्ला विकास समिति धनुषालाई पत्राचार गरेका छन्।
सामाजिक सुरक्षा भत्तासम्बन्धी विषयमा जानकारी लिन गाविस कार्यालय पुगेका ८६ वर्षीय वृद्ध कुशे साहलाई सचिव यादवले हातपात गरेका थिए। वृद्धमाथि हातपात गरेर निन्दनीय क्रियाकलाप गर्ने सचिवलाई तुरुन्त उपस्थित गराउन प्रजिअ चापागाईँले लिखित तथा मौखिक निर्देशन दिएको प्रशासन कार्यालयका एक कर्मचारीले बताए।
पछिल्लो दस महिना सामाजिक सुरक्षा भत्ता नपाएर मांग्न गएका वृद्ध साहलाई सचिवले कार्यकक्षमै हातपात गरेका थिए। साहसहित गाउँलेहरुले सचिव यादवमाथि कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएका थिए।

0 comments:
Post a Comment