Recent

This is not the country's development


गोरखाः गोरखाका बिभिन्न ठाउँमा १० लाख खर्च गरेर खोरजत्रो घर बनाएको क्याथोलिक रिलिफ सर्भिस (सिआरएस)संग जिल्ला विकास समिति, गोरखाले तीन दिनभित्र लिखित स्पष्टीकरण माग गरेको छ ।
स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले अन्नपूर्णपोष्ट पत्रिकामा यसबारे समाचार आएपछि लिखित जवाफ माग गरिएको जानकारी दिए । ‘समाचारमा आएको बिषयमा के कसो भएको हो ? तीन दिनभित्र सबै बिबरण सहित लिखित जवाफ पेश गर्नू भनेर हामीले पत्र पठाएका छौं’, स्थानीय विकास अधिकारी आचार्यले भने ‘उनीहरुको जवाफ आएपछि त्यसको गहन अध्ययन गरी दोस्रो चरणमा के गर्नुपर्छ गर्छौं ।’ उनले सिआरएससंग यसअघि मौखिक रूपमा पनि सोधपुछ गरेको बताए ।
‘मौखिक जवाफ माग्दा सो घर बस्ने प्रयोजनका लागि नभई डमीका लागि मात्र बनाएको हो भने’, स्थानीय विकास अधिकारीले उनीहरुको भनाइ उद्धृत गर्दै भने, ‘प्रशिक्षार्थीहरुलाई तालिम दिँदा सो घर बनाएको भनेका थिए ।’ लिखित जवाफको आधारमा कारबाही प्रक्रिया अघि बढाउने उनले बताए ।
गोरखामा मात्रै २ सय कर्मचारी
आठवटा घर बनाउन ८२ लाख खर्च
बाँसलाई ट्रिटमेन्ट गर्न भन्दै लाखौं खर्च
राहतका सामान गोदाममा सरे
सिआरएसले नयाँ घर बनाउन सिकाउने क्रममा १० लाख रुपियाँ खर्च गरेर खोर जत्रो घर बनाएको बारे अन्नपूर्ण दैनिकमा समाचार प्रकाशन भएको थियो । सो बिषयले देश विदेशमा चर्चा पाएपछि सिआरएसको काठमाण्डौंस्थित मुख्य कार्यालयका र दक्षिण एशिया कार्यालयका प्रतिनिधि गोरखा आई आन्तरिक अनुगमन गरेका स्रोतले जनाएको छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment