Recent

This is becoming a road


परासीः महेशपुर भन्सार नाकादेखि सदरमुकाम परासीहुँदै राजमार्ग जोड्न चारलेनको सडक निर्माण हुने भएको छ । भारतको ठूठीबारी र नेपालको महेशपुर नाकाबाट सुरु गरिने २० किमि लामो सडक पूर्वपश्चिम राजमार्गले छोएको सुनवल नगरपालिकामा टुंगिनेछ ।
सरकारको नीति तथा कार्यक्रममा यो सडक विस्तार गर्ने उल्लेख भए अनुरुप सडक चौडासँगै विस्तार गरिने भएको हो । सडक डिभिजन कार्यालय बुटवलका प्रमुख डिभिजन इन्जिनियर मेघराज मरासिनीका अनुसार सडकको बीचबाट १५ मिटर दायाँ र १५ मिटर बायाँ विस्तार गरी चौडा गरिने भएको हो ।
सडकको बीचबाट ८२ फिट चौंडा गरी विस्तार गर्ने भन्दै चर्चा चलिरहेको बेला सडक डिभिजन कार्यालयले ५० फिट (१५/१५ मिटर) मात्र चौडा हुने जनाएको हो । ८२ फिट चौडा हुने चर्चाले महेशपुरदेखि सुनवलसम्मका स्थानीयले घर निर्माण कार्य रोकेका थिए । यो क्षेत्रको घरजग्गा खरिदबिक्रीमा समेत कमी आएको थियो ।
सरकारको पूर्वपश्चिम राजमार्गदेखि जिल्ला सदरमुकाम हुँदै दक्षिण सीमावर्ती नाका जोड्ने सडक चारलेनको बनाइने योजनाअनुसार सडक चौंडा गर्न लागिएको हो । मरासिनीका अनुसार परासी क्षेत्रको सडक विस्तार गर्न सरकारको नीति तथा कार्यक्रममा सुनवल–परासी (टंकप्रसाद आचार्य मार्ग) महेशपुर सडक नामाकरण गरिएको छ ।
सडक निर्माण अन्र्तगत सुनवलदेखि परासीसम्मको सडक ८.९ किमि छ भने परासीदेखि महेशपुर १२ किलोमिटर सम्पन्न गर्ने उल्लेख छ । जुन सडक तीन वर्षभित्र सम्पन्न हुने मरासिनीले जानकारी दिए । ‘हाल परासी–सुनवल सडक २० फिट चौडाको हाराहारीमा छ ।
भविश्यमा ८२ फिट चौंडा होला तर अहिले भने ५० फिटका दरले सडक चौंडा हुन्छ । यस वर्षदेखि पहिलो चरणको काम सुरु हुने इन्जिनियर मरासिनीले बताए । मापदण्ड अनुसार चारलेनका लागि दायाँबायाँ गरी एक सय फिट सडक छुट्टाइएको छ ।
सहायक मार्गको हकमा दाँयाबाँया कुल ३० मिटर र राजमार्गको हकमा दाँयाँबाँया कुल ५० मिटर सडक मापदण्ड छुट्टाइएको छ । यसमध्ये सिद्धार्थ र महेन्द्र राजमार्गका २५ वटा सडकबाहेक सबै १५/१५ मिटर चौंडा रहेको मरासिनीले बताए । इन्फोसडकको बीचबाट १५ मिटर दायाँ र १५ मिटर बायाँ विस्तार गरी चौडा गरिने भएको हो ।

Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment