Recent

These five things not to do on Facebook! Pie know hurl


फेसबुकमा सबैको जीवनको प्रमुख हिस्सा बनिसकेको छ । एक अर्काको सम्पर्क र सम्बन्ध विस्तारका लागि फेसबुक अहम् माध्यम बनेको छ । तर, फेसबुकमा आफ्नो सबै जानकारी दिनुपनि त्यति गतिलो मानिदैन । गोपनियता र सुरक्षाका दृष्टिले फेसबुकका केही कुराबाट भने सधैं चनाखो रहनु उचित हुन्छ । त्यस्ता चनाखो हुनेपर्ने फेसबुकका पाँच कुराहरु
१. फेसबुकमा आफ्नो जन्मदिनको सबै जानकारी नराख्नुहोला । हरेक जन्मदिनमा फेसबुकमा सन्देश आउँदा खुश िलाग्ने भएपनि सम्पूर्ण मिति नदिनु नै सही हुन्छ । जन्ममिति राख्दा जन्म दिन मात्र राख्नुहोला, कुन सालमा जन्मेको भनेर नराखेकै वेश ।
२. फेसबुकमा तपाईंको रिलेशनसिप पनि नखुलाएकै राम्रो । वैवाहिक अवस्थाबारे लखदा तपाईंलाई निगरानी गर्नेले तपाईंको विवाहबारे र परिवारबारे सहजै थाहापाउन सक्छन् ।
३. फेसबुक चलाउँदा रहेको स्थान (करेन्ट लोकेशन) कहिल्यै पनि अपडेटनगर्नुहोला । यस्तो अपडेट गर्दा निगरानी गर्नेले तपाईंको हरेक समयर स्थानबारे जानकारी पाइरहेका हुन्छन् । विदा मनाउन कतै जानुभएको छ भने पनि फर्किसकेपछि मात्र फोटोहरु अपलोड गर्नुहोला ।
४. तपाईं घरमा एक्लै हुनुहुन्छ भने सो जानकारी फेसबुकबाट नदिनुहोला ।हामीलाई हाम्रो स्टाटस कस कसले पढ्छन् भनेर जान्न सक्दैनौं । त्यसकारण खराव नियतका मानिसले तपाईंलाई फलो गर्न सक्छन् ।
५. आफ्नो बच्चाको तस्वीर अपलोड गर्ने प्रचलन अलि बढी नै छ । तर यो ठिक होइन । सकेसम्म बच्चाको फोटो अपलोड नगर्दा राम्रो हुन्छ । साथी, आफन्तलाई यस्ता फोटो ट्याग गर्नु पनि उचित हुँदैन ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment