The largest theft of those who are still at large
भारतको रेलवे इतिहासमा भएको सबैभन्दा ठूलो चोरीको घटना घटेको दुईदिन भइसक्दा पनि कुनै तथ्य फेला पार्न सुरक्षा निकाय असफल भएको छ ।
सालेम रेलवे स्टेशनबाट चेन्नईको एगमोर रेलवे स्टेशनसम्मको ३५० किमिको यात्रा तय गर्दा सालेम एक्प्रेस कोचबाट रिजर्ब बैंक अफ इन्डियाको सिलबन्द बग्गीबाट ५ करोड ७५ लाख भारतीय रुपैयाँ चोरी भएको हो ।
चोरले छतमा प्वाल पारेर बग्गीमा रहेका २२६ वटा काठका बाकस मध्ये २ वटा बाकस फोडेर रकम लिएर फरार भएको हो । सालेमका विभिन्न बैंकबाट जम्मा गरिएका झुत्रा नोटहरुलाई नष्ट गर्नकालागि चेन्नईस्थित रिजर्ब बैंकमा लगिँदै थियो ।
प्रहरी अधिकारीको विभिन्न टोलीले अहिले चोरहरु पहिलादेखी नै त्यस बग्गी भित्र लुकेर बसेका थिए वा रेलको छतबाट नै प्रवेश गरेका थिए भन्ने बारे अनुशनधान गरिरहेका छन् । उनीहरुले सुरुको रेलवे स्टेशनदेखि अन्तिमको गन्तव्यसम्म पर्ने सबै स्टेशनका सिसिटिभि फुटेजको पनि अध्ययन सुरु गरेका छन् ।
रेल्वे प्रहरीका सुरक्षा विभाग प्रमुख पी राजमोहनका अनुसार सालेम बैंकमा कार्यरत कर्मचारीहरुसँग पनि सोधपुछ गरिएको छ । यस्तै सालेम स्टेशनमा त्यसदिन रहेका रेलवेका कर्मचारी तथा सुरक्षाकर्मीहरुसँग पनि सोधपुछ गरिएको छ ।
उनको अनुसार उक्त चोरी भएको बग्गीको बाहिर ९ जना सशस्त्र सुरक्षाकर्मी तैनाथ गरिएको थियो । उनीहरुसँग पनि सोधपुछ गरिएको छ । तर उनीहरुलाइ शंकाको घेरामा भने नराखिएको बताए ।

0 comments:
Post a Comment