Recent

Babuamakai orphan after the death of the United States 2 Girls


दोलखा जन्मघर भएका नवराज शिवाकोटीको यहाँ असमायिक निधन भएपछि तीन र दुई वर्षीया छोरीहरु टुहुरो भएका छन् । उनको गत आइतबार असामयिक निधन भएको थियो । टेक्सासमा चौध महिनाअघि आमाको काख खोसिएका उनीहरुले हालै बाबुलाई पनि गुमाएका हुन् ।

स्थानीय अस्पतालमा पोष्टमार्टम गरिएपनि शिवाकोटीको निधन कसरी भयो भन्नेबारे केही खुलाइएको छैन ।

पत्नी बियोगकै कारण उनको निधन भएको हुनसक्ने शिवाकोटीका एक निकट मित्रले कान्तिपुरलाई बताए ।

२०७२ साल जेठ २७ गत आफ्नै  स्टोरमाका काम गरिरहेका बेला लुटेराले पैसा लिएपछि शिवाकोटीकी पत्नी समिरालाई गोली हानी हत्या गरेको थियो । टेक्सासको डेन्टन दी कोलोनी स्टोरमा ग्राहक बनेर आएका एक अश्वेत १८ वर्षीय युवाले समिरालाई गोली हानी हत्या गरेका थिए ।

दुई छोरीकी आमा ३१ वर्षीया समिरा शिवाकोटी आफ्नो श्रीमान नवराज शिवाकोटीका साथ 'र्‍यापिड ओ' नामक कन्भिनियन्ट स्टोर चलाउँदै आएकी थिइन्।

समिराको हत्यारालाई प्रहरीले १० दिनपछि पक्राउ गरेको थियो।

नेपाली परिवार माथिको पछिल्लो बज्रपातले टेक्सास समाज स्तब्ध भएको टेक्सास नेपाली समाजका अध्यक्ष कृष्ण लामिछानेले बताए । नवराजको दाजुको परिवार पनि टेक्सासमा बस्दै आएको छ । हालै मात्र नवराजका अभिभावक नेपालबाट अमेरिका आएका थिए ।

Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment