रियो ओलम्पिक २०१६ ब्राजिलको रियो दि जेनेरियो शहरमा नेपाली समय अनुसार शनिबार बिहान औपचारिक रुपमा सुरु भएको छ ।
रियो दि जेनेरियोको माराकाना रंगशालमा एक विशेष कार्यक्रमका बिच भव्य रुपमा उद्घाटन भएको हो । उद्घाटन समारोहमा ब्राजिलको साँस्कृतिक तथा प्राकृतिक सुन्दरता प्रदर्शन गरिएको थियो ।
समारोहमा विश्वका दुई सात टिमका खेलाडीले परेड प्रदर्शन गरेका थिए । २१ अगस्टसम्म चल्ने प्रतियोगितामा २८ खेलका विभिन्न स्पर्धामा १० हजार पाँच सय खेलाडीले पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।
यसपटक दुई सय ६ देश र एउटा शरणार्थी टोली सहभागी छन् । उद्घाटन समारोहमा ब्राजिलका पूर्व टेनिस खेलाडी गुस्तावो कर्तेनले ओलम्पिक मशाल बालेका थिए । कुर्तेनले मशाल म्याराथन धावक भनडेरली कार्डेइरो डी लिमालाई दिएका थिए । त्यसपछि लिमाले मशाललाई मञ्चसम्म पुर्याए ।































Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment