Recent

Prime Minister Prachanda, CPN gave the oath worse shock


उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले नयाँ सत्ता गठबन्धनका लागि गरिएको संविधान संशोधनको प्रस्ताव आफूहरुलाई मान्य नहुने बताउनुभएको छ । व्यवस्थापिका–संसद्को बैठक परिसरमा पत्रकारसँग कुरा गर्दै रावलले वर्तमान संविधानलाई प्रतिगामी भन्ने मधेसी दलले प्रधानमन्त्रीको निर्वाचनका लागि मतदानमा सहभागी भइसकेपछि संविधान संशोधनको प्रस्तावको अर्थ नहुने पनि दाबी गर्नुभयो । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाबीच आज संविधान संशोधनलगायत तीनबुँदे सहमति भई प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाललाई समर्थन गर्ने उल्लेख छ । नेता रावलले प्रश्न गर्नुभयो, “केका लागि संविधान संशोधन गर्ने हो, त्यो स्पष्ट हुनुपर्यो । यो मुलुकलाई जातीय वा एक मधेस एक प्रदेशका आधारमा जाने हो भने त्यो हामीलाई मान्य छैन । जनताको स्वाभिमान र राष्ट्रिय स्वाधिनतामा खतरा उत्पन्न हुने गरी सत्ताको खेलका लागि यस्ता प्रस्ताव आएका छन् ।” उहाँले सेना र गुप्तचर निकायमा समेत समावेशीकरण हुने मुलुक नेपाल मात्र रहेको उल्लेख गर्दै नागरिकताका सवालमा पनि भारतमा भन्दा उदार व्यवस्था रहेकाले ती विषयमा पनि संविधान उपर्युक्त भएको बताउनुभयो ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment