Recent

On Wednesday, Prime Minister Prachanda


काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा नयाँ प्रधानमन्त्री चयन गर्न सोमबार आह्वान गरेकी छन् । ।उनले संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचन गर्न सभामुख ओनसरी घर्तीमगरलाई पत्र पठाएकी हुन् । 

प्रधानमन्त्री केपी ओलीले साउन ९ गते पदबाट राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले गत सोमबार संविधानको धारा २९८ को उपधारा २ अनुसार सात दिनभित्र सहमतीय सरकार गठनका लागि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गरेकी थिइन् । 

राष्ट्रपतिले दिएको सात दिनभित्र सहमतीय सरकार गठन हुन नसकेपछि अब संसदमा प्रधानमन्त्रीको निर्वाचन हुने निश्चित भएको हो । संसदीय प्रक्रियबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिले सोमबार सभामुख घर्तीलाई पत्र पठाएकी हुन् । 

राष्ट्रपतिको पत्र आएपछि सोमबार अपराह्न ३ बजे संसद् बैठकमार्फत् सभामुखले बहुमतीय आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्न संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा समिति गठन गर्ने तयारी गरेकी छन् । 

संसद् सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री निर्वाचन समितिका संयोजक भट्टराईले आगामी मंगलबार उम्मेदवारी दर्ता र बुधबार प्रधानमन्त्रीको निर्वाचन गर्न कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेका छन् ।

 आइतबार राष्ट्रपति भण्डारीले सहमतीय सरकार गठनका लागि फेरि पनि मौखिक आग्रह गरेकी थिइन तर सहमतीय सरकार गठनका लागि तोकिएको समयसीमा आइतबार राति ११ बजेबाट सकिएपछि सोमबार बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न आह्वान गर्दै समामुखलाई पत्र पठाएकी हुन् । 

आइतबार राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा नेपालका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार शीतल निवास पुगेका थिए । 

भेटमा नेताहरूले सहमतिको सरकार गठनका लागि भइरहेका प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । सहमतीय सरकार गठनका लागि सम्भावना कम हुँदै गएकाले बहुमतीय प्रक्रिया अघि बढाउन नेताहरूले राष्ट्रपतिलाई आग्रह गरेका थिए । दलहरुको आग्रह अनुसार राष्ट्रपतिले बहुमतीय प्रक्रियाका लागि आह्वान गरेकी हुन् ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment