Recent

'Olympics given water to drink'


नयाँ दिल्लीः भारतकी एक म्याराथन धाबकले ब्राजिलमा भएको रियो ओलम्पिक २०१६ मा आफूलाई पिउने पानीसमेत नदिइएको आरोप लगाएकी छिन्।
भारतीय धाबक ओपी जैसाले भारतीय पदाधिकारीहरुले आफूलाई पिउने पानी र शक्ति दिने कुनै पनि पेय पदार्थ उपलब्ध नगराएको आरोप लगाएकी हुन्।
उनले रियो ओलम्पिकको म्याराथन स्पर्धापछि पानी पिउन नपाउँदा आफ्नो झन्डै ज्यान गएको बताइन्। ३३ वर्षीय जैसा ४२ किलोमिटर म्याराथन दौड स्पर्धामा प्रतिस्पर्धा गरेकी थिइन्। ४२ किलो मिटर दुरी उनले २ घण्टा ४७ मिनेट १९ सकेन्डमा पूरा गर्दै ८९ औं स्थानमा रहेकी थिइन्।
तर भारतीय खेल पदाधिकारीहरुले भने जैसा र उनका प्रशिक्षकको दाबीमा कुनै सत्यता नभएको भन्दै खण्डन गरेका छन्। भारतीय एथ्लेटिक्स एसोसिएसनले रियो ओलम्पिकका दौरानमा कुनै पनि प्रशिक्षक र खेलाडीहरुले कुनै अतिरित्त पेय पदार्थको माग नगरेको बताएका छ।
‘पानी र अतिरित्त पेय पदार्थ उपलब्ध गराउने दायित्व आयोजकको हो। त्यसैले खेलस्थल र दौडिने स्थानमा सबै व्यवस्था मिलाएका हुन्छन्,’ एएएफआईका वरिष्ठ पदाधिकारी सिके भल्सनले भारतीय सञ्चारमाध्यम पीटीआईसँग भनेका छन्।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment