Recent

Powerful Earthquake in Italy


इटालीः इटालीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ । भूकम्पका कारण सयौं घर ध्वस्त भएका छन् । एकबिहानै ६.२ रिक्टरको भूकम्प गएको र यहाँ भागाभाग भएको छ ।

यस भागाभागमा परी केही व्यक्ति घाइते पनि भएका छन् । यस भूकम्पको यकिन तथ्यांक आउन सकेको छैन । इटालीका दुर्गम गाउहरु उम्रिया, मार्के र लाजियोमा यस भूकम्पले बढी क्षति पुर्याएको बताइएको छ ।

भूकम्पको केन्द्रबिन्दू पनि सोही गाउमा नै रहेको बताइएको छ । जसका कारण सो क्षेत्रमा ठूलो जनधनको क्षतिको अनुमान गरिएको छ ।

भूकम्पको धक्का निकै नै शक्तिशाली मापन गरिएको छ । सो धक्काका कारण ठूलै जनधनको क्षतिको अनुमान गरिएको छ– इटालीको नागरिक संरक्षण सेवा विभागका प्रमुख फ्यार्जियो क्रुसोले जानकारी दिए ।

यसको उद्वारका लागि ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरिएको छ । उक्त शक्तशाली भूकम्पपछिका पराकम्पहरुका कारण जनजिवन त्रसित भएको बताइएको छ । एजेन्सी
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment