Recent

I want to die a hundred 45-year-old adds:


एजेन्सीः सबै मानिस धेरै बाच्न चाहन्छन् । तर, संसारकै सबैभन्दा वृद्ध व्यक्तिको चाहना भने अलि फरक छ । इन्डोनेसियाका मबा गोथे अहिले १४५ वर्षका भए । उनको जन्म सन् १८७० मा भएको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् । 

उनको चाहना भने आम मानिसको भन्दा ठिक विपरित छ । उनले एक टेलिभिजनको तपाईं के चाहनु हुन्छ भन्ने प्रश्नको जवाफमा भनेका छन्, ‘मैले चाहेको मृत्यु हो ।’ 

सबैभन्दा धेरै बाँचेर विश्व समुदायलाई चकित पारेका गोथेको यो चाहनाले स्वभाविक लाग्छ किनकी उनका १० दाजुभाइ र दिदीबहिनी कोही छैनन् । उनका चार श्रीमती मात्र होइन उनका छोराछोरी समेत सबैको मृत्यु भइसकेको छ । 

उनी नातिनातिनाको शरणमा छन् । उनका नातिनातिना समेत वृद्ध भइसकेकाले उनी आफ्नो चाहना मृत्यु भएको बताउछन् । अन्तराष्ट्रिय सञ्चार माध्ययमले इन्डोनेसियाको सरकारलाई उद्धृत गर्दै लेखे अनुसार गोथेको जन्म सन् १८७० डिसेम्बर ३१ मा भएको हो ।
उनको जन्ममिति पुष्टि भए गोथेले संसारको सबैभन्दा वृद्ध व्यक्तिको रुपमा गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउने छन् । 

गोथेले लामो समयबाच्नुको कारण धैयता भएको बताएका छन् । उनी भन्छन्, ‘लामो जीवन बाच्नुको रााज भनेको केवल धैर्यता हो ।’ गोथे आँखा देख्न सक्दैनन् भने कान भने राम्ररी सुन्छन् । 

लामो जीवन बाँचेकोमा उनी पीडा पनि पोख्छन् । सन् १९९२ मा आफ्नै चिहान बनाएका थिए । तर, उनले चिहान बनाएको २४ वर्षसम्म समेत उनी जीवित छन् । उनी भन्छन्, ‘मैले सन् १९९२ मा नै चिहान बनाएँ, तर त्यसको २४ वर्षसम्म पनि म जीवितै छु ।’
यी संसारकै सबैभन्दा वृद्ध गोथे पहिलो विश्व युद्धमा ४४ वर्षका थिए भने दोस्रो विश्वयुद्धमा ७० वर्षका वृद्ध थिए ।

Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment