Recent

Gang leader Deepak the sought jail


काठमाडौंः काठमाडौं जिल्ला अदालतले गुन्डा नाइके दीपक मनाङ्गे उर्फ राजिब गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
अदालतले मंगलबार अपहरण तथा शरीर बन्धक उद्योगको मुद्दामा गुण्डा नाइके मनाङ्गेलाई पुर्पक्षका लागि थुनामा पठाएको राख्न आदेश दिएको हो।
अतिरिक्त न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले गन्डा नाइकेलाई मुद्धाको अन्तिम किनारा नलागेसम्म थुनामा राख्न आदेश दिएको हो।
गुण्डागर्दीको आरोपमा असार १६ गते पक्राउ परेका मनाङ्गेलाई प्रहरीले संगठित अपराध र अपहरण तथा शरीर बन्धक उद्योगको मुद्दामा अनुसन्धान अघि बढाएको थियो।
तर, सरकारी वकिलको कार्यालयले भने मनाङ्गेलाई शरीर बन्धकको मुद्दा मात्र चलाएको थियो। मनाङ्गेलाई डिल्लीबजारस्थित कारागारमा राखिएको प्रहरीले जनाएको छ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment