इटालीको राजधानी रोम नजिक रहेको सहर पेरुगिएको दक्षिणी क्षेत्रमा गएको भूकम्प परि ज्यान जानेको संख्या ३७ पुगेको छ । १ सय ५० भन्दा धेरै मानिस हराइरहेका छन् । 
बुधबार ६ दशमलव २ रेक्टर स्केलको भूकम्प नेपाली समय अनुसार बिहान ७ बजेर १६ मिनेट जाँदा गएको हो । भूकम्पका कारण आधा सहर ध्वस्त भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । 
भूकम्पको गहिराई १० किलोमिटर रहेको छ । भूकम्पकको धक्का राजधानी रोममा पनि महसुस भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रोममा २० सेकेण्डसम्म भवन हल्लिएका थिए । 
इटालीमा यसअघि सन् २००९ मा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसबेला झण्डै तीन सय जनाको ज्यान गएको थियो । 


0 comments:
Post a Comment