Recent

By killing the body bags wrapped in bed!


बुटवल-महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार यहाँ दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ इँटाभट्टीका २७ वर्षीया सविता मल्ल र बुटवल १० शुख्खानगरका २७ वर्षीय किसन गुरुङ रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए ।
पक्राउ परेका दुबैलाई शुक्रबार अनुसन्धानका लागि जिल्ला अदालतबाट समेत म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।
बुटवल उप–महानगरपालिका–१२ कालिकानगरस्थित डेरागरी बस्दै आएकी ४० वर्षीय कमला न्यौपानेको गत साउन २७ गते राति आफ्नै कोठामा हत्या भएको थियो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ गोरकट्टा घर भई लामो समयदेखि परिवारसहित कालिकानगरमा भाडामा बस्दै आएकी कमलाको आफ्नै कोठामा विद्युतीय मल्टिप्लगको तारले घाँटी कसेर हत्या गरी उनी सुत्ने पलङभित्र शव राखेर हत्यारा फरार भएका थिए ।
प्रहरी नायब उपरीक्षक खड्काका अनुसार, पक्राउ परेकी सविता मल्लको साथबाट कमला न्यौपानेले लगाउने सुनका गरगहना समेत बरामद गरिएको छ । बरामद गरिएका गरगहनाका आधारमा हेर्दा हत्या लुटपाटकै लागि गरिएको हुन सक्ने अनुमान प्रहरीको छ ।
हत्या गरिएकी कमला र हत्याको आरोपमा पक्राउ परेकी सविता एकवर्ष पहिलेसम्म एउटै घरमा डेरागरी बस्दै आएको अनुसन्धानबाट खुल्न आएको समेत प्रहरीले जनाएको छ । रासस
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment