Recent

8 injured rhinos were found shot


रौतहट–रौतहटको चुरे फेदी स्थित जंगलमा शनिबार विहान गोली लागेर गम्भीर घाइते अवस्थामा गैडा फेला परेको छ ।

चन्द्रपुर नगरपालिका–२ गैडाटारको तिलेश्वर सामुदायिक वनको चाँदी खोला किनारमा गोली लागेर गम्भीर घाइते अवस्थामा गैडा फेला परेको हो ।

स्थानीय जंगलमा च्याउ टिप्न जाँदा नजिकैको झाडीबाट अवाज आएपछि उक्त स्थानमा हेर्नजाँदा घाईते अवस्थाको गैडा देखेर प्रहरी र वन कर्मचारीलाई खबर गरेका थिए ।

घटनास्थलमा पुगेको प्रहरी तथा वन कर्मचारीको संयुक्त टोलिले गैडाको टाउको र खुट्टामा ८ वटा गोली लागेको जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी मनोज यादवका अनुसार खाग तस्करहरुले गोली हानेको हुनसक्ने बताए।

गैडालाई उपचार गर्न पर्सा वन्यजन्तु आरक्ष तथा चितवन निकुञ्जबाट मेडिकल टोली बोलाइएको यादवले बताए।

Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment