Recent

Be careful! Kuwait is a sudden shaking in prison


जानेर गरोस या नजानेर कानुनको नजरमा अपराध अपराध नै हुन्छ । कतिपय अवस्थामा तपाईलाई कानूनी कुरा थाहा नभएको कारणले अपराध गरेका हुन्छन् भने कहिले काहि गलत ब्याक्तिसँगको संगतले अपराधी ठहरिन पुग्छन्। विशेष गरि वैदेशिक रोजगारीमा जाने आउने कामदारहरु सजग हुनु जरुरी छ । अन्यथा जीवन नै अंध्यारो हुन सक्छ । 

          वैदेशिक रोजगारीका लागि कुवेत आएका दर्जनौ नेपालीहरु कुवेतको जेलमा बन्दी जीवन बिताई राखेका छन । उनीहरु मध्ये धेरै जनाले आफु निर्दोष रहेको दाबी गरि राखेका छन । बलात्कार, बेश्यावृर्ति, हत्या र लागु औषधी कारोबार लगायतका जघन्य अपराध गरेको अभियोग उनीहरु माथि लागेको छ । 

         ईराक कुवेत माल गाडी चलाउने नेपाली चालकहरु कुवेत प्रवेश गर्ने नाकामा लागु औषधीको साथमा पटक-पटक पक्राउ पर्ने गरेका छन । उनीहरुले आफ्नो गाडिबाट फेला परेको लागु औषधीको बारेमा आफुलाई थाहा नभएको दावी गर्छन । उनीहरुको गाडीमा भेटिने त्यस्ता प्रतिवन्धित पदार्थहरु उनीहरुको हो वा होईन । उनीहरुलाई थाहा भएको अथवा नभएको वा अरु कुनै ब्यक्तिको पनि हुनसक्छ । यो अदालती छानविनको कुरा भयो त्यता नजाउ । तपाई निर्दोष भएपनि लागुऔषध तपाईको गाडीमा भेटियो भने यो  अवस्थामा तपाईलाई ठुलो समस्यामा पर्न सक्नु हुन्छ । तपाई निर्दोष साबित हुन बर्षौ लाग्न सक्छ । त्यसैले यस्तो यात्रामा तपाई चनाखो हुन अत्यान्त्यै  जरुरी छ । 

           कुवेत अन्तर्राष्ट्रिय विमान स्थलमा गाँजा लगायतका लागु पदार्थका साथ नेपालीहरु पटक पटक पक्राउ पर्ने गरेका छन । हालैका दिनमा यो घटना बढि राखेको छ । सामान्य लेवर काम गर्न पहिलो पटक कुवेत आउँदै गरेका नेपालीहरुको साथमा एक किलो हिसाबले गाँजा भेटिने गरेको छ । उनीहरुले कारोबारको लागि गाँजा बोकेर आएका हुन वा अरु कसैले उनीहरुलाई गाँजा बोकायो । हालैमा एक किलो गाँज सहित पक्राउ परेका युवालाई अरु कसैले कुवेतमा दिनु भनि दिएको पार्सल हो भन्ने अपुष्ट खबर छ । सत्यता जे भएपनि यस्तो काण्डमा जो पक्राउ पर्यो उहि नै चोर भने झै हुन्छ । 

          अरु माथि विश्वास गरेर वा सहयोग गरौं न त भनेर कसैका पार्सल बोक्नु भन्दा पहिले समेत जाँच गर्न जरुरी हुन्छ। विगतमा कसैको पार्सल बोक्ने क्रममा सासुले ज्वाईको लागि पश्चिम पहाडि जिल्लाहरुमा बनाईले भाङ र छोपको अचार पठाएकी रहिछन । पठाउने र ल्याउने दुबैलाई थाहा नहुदा उनी लागु औषधि कारोबारि ठहरिए । 


         हामीहरु नेपाल जादा, आउदा आफन्त र साथिभाईको पार्सल बोक्ने गर्छौ । सामान बोक्नु नराम्रो कुरा होईन तर हामीले सावधान अपनाउनु पर्छ । तपाईले लैजान लागेको सामान राम्रो सँग चेक जाचँ गर्नु । सिलप्याक गरेको सामान नबोक्नु । वहाँहरुको सामु नै राम्रो सँग जाच गर्नुस । खाडी मुलुकहरुमा नेपालीहरुले मर्चा प्रयोग गरि रक्सि बनाउने कुरा थाहा लागे पछि मर्चा समेत प्रतिबन्ध गरिएको छ । नेपालीहरुले नेपालबाट चिउरा चामलको पिठो लगाएतका खाध्य बस्तुमा आधा मर्चा मिसाएर पठाउने गरेका छन । त्यसैले चिउरा अथवा पिठो कसैले दिएको खण्डमा राम्रो सँग जाच गर्नु पर्छ । बिमान स्थलको बाहिर उभिएर यस्ता सामान पठाउने धेरै भेटिन्छन । नचिनेको नजानेको ब्यक्तिको सामान बोक्नु त्यति उपयुक्त हुदैन । तर कहिले काहि मानबिय सहायताको लागि त्यस्तो काम पनि गर्नु पर्ने हुन्छ । यस्तो अबस्थामा राम्रो सँग छानबिन गरि उपयुक्त लागेको खण्डमा मात्र बिमान स्थलको बाहिरबाट सामान लिनु अन्यथा तपाईले यस्तो सामानले बिदेशी जेलको पाहुना बनाउने छ । 

         बिदेशको बसाईमा पनि साबधानि अपनाउनु पर्छ । तपाईको भित्र जागेको सानो लालच  र लापवाहिका कारण तपाई सकटमा पर्नुहुन्छ । कुवेतको हकमा रक्सि पिउन र बनाउन सक्त मनाहि भएको कुरा बुझ्न जरुरि छ । धेरै नेपालीहरु रक्सिको उद्योग नै संचालन गरेको अभियोगमा समातिएका कयौ समाचार आएका छन । 


          यसरि  नै केहि नेपालीहरु नेटवर्किङ धन्दामा लागेको खबर छ । नेपाली दुताबास कुवेतले बिज्ञप्ति नै जारि गरि यस्ता धन्दामा नलाग्न संल्लाहा दिएको छ । कुवेत,नेपाल लगायत बिश्वका अधिकांश देशमा नेटवर्कीङ कारोबार गर्न बन्देज छ । तपाईलाई यस्ता कम्पनीले दिएको सानो लालचको कारण तपाईले रोजगारि गुमाउनको साथै जेलसम्म पर्न सक्नु हुन्छ । कानुनी आधारको कुरा गर्दा यस्ता नेटवर्किङं ब्यापारलाई ठगि धन्दा भनिन्छ । तपाई पनि यस्तो झोले ब्यापारि बन्नु भएको छ भने आजै देखि छोडनु अन्यथा एक दिन तपाई पछुताउनु हुने छ । 


             युनिटि लाईफ, हर्वो, गोल्डकोएष्ट जस्ता कम्पनीले हजारौ नेपालीलाई ठगि गरेको आरोपमा बन्द भई सकेका छन भने केहि नेटवर्किङ कम्पनीहरुको जालोमा कुवेतमा रहेका धेरै नेपालीहरु फसि सकेका छन । यसरि वेचिने प्रोडक्टहरु राम्रा भएर भन्दा कमिसन आउने लालचमा किन बेच हुन्छन । यो लालचले तपाईलाई  डुबाउन सक्छ । त्यसले कुनै किसिमका नेटवर्कीङमा नलाग्नु होस जुन कुरा नेपाली दुताबासले पटक पटक भन्ने गरेको छ । 


             काम गर्ने ठाँउबाट भाग्ने र भगाउने प्रचलन कुवेतमा निकै छ । यसरि भाग्नु भनेको आकास तिर फर्केर थुक्नु मात्र हो । तपाईले जुन सपना बोकेर कुवेत आऊनु भएको छ त्यो सबै तपाई भाग्ने दिन चकनाचुर हुन्छ । तपाईलाई समस्या परेको छ भने दुताबासमा जानुहोस समस्या राख्नुहोस । भागेर आउने ब्यक्तिहरुलाई आश्रय दिनु पनि अपराध हो । कुवेत सरकारले बिगत ६ महिना देखि कडा चेक जाच सुरु गरेको छ । चेक जाच गर्ने क्रमाम गैर कानुनी हैसियत भएका कामदारहरुलाई आश्रय दिने ब्यक्तिलाई समेत पक्राउ गरि डिपोर्ट गर्ने गरेको  छ । कमलो मन बनाएर, अथवा नेपाली हुन भन्ने हिसाबले पनि आश्रय दिदा समस्या हुन्छ । त्यसैले काम गरेको ठाउँबाट नभाग्नुस समस्या नै पर्दैन । 


         तपाई हामीले जान अन्जानमा गरेका यस्ता गल्तिहरुले जीवन नै अन्धकार हुन्छ । दुई पैसा जोहो गर्न आएको मान्छे बिदेशी जेलमा सड्नु पर्छ । आफु र आफ्नो परिवारका सबै सपना मात्र हैन परिवारिक बिचल्नै हुन्छ । त्यसैले वेलैमा होसियार हुनुहोस ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment