Recent

Be careful! Emergency contraception retroviral life utterly Cde


काठमाण्डौंः हाम्रो जस्तो तश्रो विश्वका मुलुकहरुमा आकस्मकि गर्भ निरोधकका रुपमा कित कण्डम सबैभन्दा बढी खपत हुन्छ, कि भने इकोन चक्किहरु । यस्ता आकस्मिक गर्भ निरोधक चक्कीहरु अनेकन नाममा बजारमा उपलब्ध छन् । नेपालका शहर बजार र गाउँका औषधि पसलमा बिना प्रेस्क्रिब्सन सहजै किन्न पाइने यस्ता गर्भनिरोधक चक्कीहरुले युवा युवतीहरुलाई विकृत बनाएको छ ।यस पुस्ताका हजारौं युवतीका स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । खासमा यस्ता चक्कीहरु असुरक्षित रुपमा गरेको यौन सम्पर्कबाट गर्भ नरहोस भनेर महिलाले ७२ घण्टाभित्र प्रयोग गर्ने गर्छन् ।  तर आम उपभोक्ताले यस्ता आकस्मिक गर्भनिरोधक चक्कीर्लाइ परिवार नियोजनका साधनको रुपमा बुझेकाले स्वास्थ्यमा गम्भीर असर पर्दै गएको चिकित्सकहरु बताउँछन् ।

युवा पुस्ताले आकस्मिक गर्भनिरोधक चक्कीलाई परिवार नियोजनको साधनको रुपमा प्रयोग गर्दा अत्याधिक रक्तश्राव भएर समस्या आउने गरेको छ । यो सतप्रतिशत प्रभावकारी हुँदैन । पछिल्लो समय यसको प्रयोग उमेरै नपुगेका टिनएजर्सहरुले गर्ने गरेको पाइएको छ ।  स्कुल तथा कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले पनि असुरक्षित यौन सम्पर्क गरेर यस्ता चक्कीहरु प्रयोग गर्ने गरेको पाइएको छ । यसबाट तिनीहरुको प्रजनन् अंग मात्र बिग्रिरहेको छैन सम्पूर्ण शरीरको स्वास्थ्यमा गम्भीर असर परीरहेको छ ।
पिल्स, अनवान्टेड, आइपिल, इकोनलगायत विभिन्न नामले बजारमा आपतकालिन गर्भनिरोधक चक्कीहरुको व्यापार निक्कै मौलाएको छ । शहरका सबैजसो औषधि पसलहरुमा यस्ता औषधिहरु किन्न खासगरी युवा युवतीहरु जाने गरेका छन् ।

किन प्रयोग गरिन्छ चक्कीहरु
बजारमा विभिन्न नामले गर्भनिरोधक चक्कीहरु पाइन्छन् । तिनीहरुको नाम कम्पनीपिच्छे फरक फरक भएपनि काम भने असुरक्षित यौन सम्पर्क भएमा गर्भ नरहोस् भन्ने नै हो । असुरक्षित यौन सम्पर्क भएको ७२ घण्टासम्म यस्ता चक्कीको प्रयोग गर्दा गर्भ रहँदैन । जसका कारण असुरक्षित यौन सम्पर्क गर्ने र आकस्मिक गर्भनिरोधक चक्कीहरु प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

शहरका युवा युवतीमा असुरक्षि यौन सम्पर्क गर्ने र गर्भ रहनबाट बच्न यस्ता चक्कीहरुको प्रयोग गर्नेको संख्या बढ्दै गएको औषधि पसलेहरु बताउँछन् ।  यो चक्की लिन विशेषगरी टिन एजका केटाकेटी ब्राण्ड नै तोकेर किन्न गरेकेा पाइन्छ। यसका फाइदा वा प्रभावकारीताका साथै कति पटक प्रयोग गर्न हुने हो जस्ता जिज्ञासासमेत राखेर पनि उनीहरु किन्न आउने गरेको पसलेको अनुभव छ ।

जति सहज उति घातक
सहजै पाइने भएपनि यस्ता चक्कीहरुको प्रयोगले प्रजनन् क्षमतामा गम्भीर असर पारीरहेको हुन्छ । अल्प ज्ञान तथा गलत बुझाइका कारण अत्याधिक रुपमा प्रयोग भइरहेका यस्ता चक्कीका कारण मानव स्वास्थ्यमा नै गम्भीर असर गर्दछ ।    सहजै पाइने भएकाले असुरक्षित यौन सम्पर्कपछि आकस्मिक गर्भनिरोधक चक्कीको सहारा लिने युवतीहरुको संख्या शहरमा जति बढ्दो छ त्यसको साइड इफेक्ट झन्  डर लाग्दो छ ।

एउटा पसरलबाट महिनामा विभिन्न ब्राण्डका गरी ३ सय भन्दा बढी पिस गर्भनिरोधक चक्की बेच्ने गरेको व्यवसायीहरु बताउँछन् । ३० वर्षभन्दा मुनिका युवतीहरु बढी आकस्मिक गर्भनिरोधक चक्की किन्न आउँछन् । कलेज ड्रेसमै पनि कतिपयले आएर किन्ने गरेको कोटेश्वरका एक औषधि पसलेले बताए ।  त्यसो त असुरक्षित यौन सम्पर्कबाट गर्भ रहेपछि गर्भपतनका लागि स्वास्थ्य संस्था धाउने महिलाहरुको संख्या पनि उत्तिकै छ ।

गर्भ निरोधक चक्कीको प्रयोगपछि स्वास्थ्यमा समस्या भएपनि धेरै महिला चिकित्सकको सहारामा पुग्ने गरेका छन् ।
पाठेघरकाे नलि फुट्ने खतरा!
यस्ता चक्की अत्याधिक प्रयोग गर्ने महिलाहरुको हर्मोनमा समस्या आउँछ । हर्मोनसम्बन्धी चक्की भएकाले यसले हर्मोनलाई गर्ने गडबडीले शरीरका विभिन्न भागमै असर पर्छ ।

पाठेघरको नलि फुट्न सक्ने  यस्ता चक्कीको अत्याधिक प्रयोगले पाठेघर फुटाउन सक्छ । महिलाको पाठेघर अत्याधिक संवेदनशील भएकाले यस्ता चक्कीको प्रयोगले नलिमा विकास हुँदै गरेको गर्भलाई असर गर्छ । यौन सम्पर्क भएको ७२ घण्टा नबिति भ्रुण महिलाको पाठेघरमा पुगेको हुँदैन । जसकारण पाठेघरको नलि फुट्ने खतरा रहेको चिकित्सकहरु बताउँछन् ।

अत्याधिक रक्तश्राव हुने  र जथाभाववी चक्की प्रयाग गर्दा रक्तश्राव भएर महिलाको ज्यानै जाने खतरा हुन्छ ।

महिलाको पाठेघरको नलिमा पुगेको गर्भलाई यस्ता चक्कीले तुहाउने गर्छ । जसका कारण रक्तश्राव हुन्छ ।

यौन रोगको पनि जोखिम
यस्ता चक्कीका प्रयोगले  युवा पुस्ताल आफूलाई सुरक्षित ठाकछन् र जथाभावी यौन सम्पर्क गर्दा यौन रोगको सिकार हुने गरेका छन् । जसका कारण एक व्यक्तिमा भएको यौन रोग अन्यमा सहजै सर्ने हुन्छ ।

अत्याधिक हर्मोन हुने यस्ता औषधिको सेवनले महिनावारी गडबडी हुन सक्छ । यस्ता चककीको प्रयोगले महिना पुग्नु अगावै महिनावारी हुने र कहिले महिना पुगेको लामो समयसम्म पनि महिनावारी नहुने समस्या हुन्छ ।

एकिछन नचाँहादा जिवन भर नपाइन सक्छ
नियमित यस्ता चक्कीको प्रयोग भएमा महिलामा बाँझोपनको समस्या देखा पर्छ । यस्ता चक्कीले हर्मोन उत्पादनमा कमी ल्याउने भएकाले बाँझोपना देखापर्ने संभावना अधिक हुने विज्ञहरुको भनाई छ ।

बच्चा जन्मिएपनि अपांग हुने खतरा  कतिपय अवस्थामा असुरक्षित यौन सम्पर्क भएको ७२ घण्टा वा त्यसपछि पनि प्रयोग गर्ने र चक्की प्रयोग गर्दा गर्दैपनि बच्चा जन्मिन सक्छ । अत्याधिक आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गरेका आमाबाट जन्मिएको शिशु अंगभंग भएर जन्मजात अपांगका रुपमा जन्मने पनि उत्तिकै हुन्छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment