Recent

Rape by Rs 10 to 10 years in prison


गौरः रौतहट जिल्ला अदालतले ६ बर्षीया बालिकालाई करणीगर्ने युवकलाई १० बर्ष जेल सजाय र ५० हजार जरिवाना गरेको छ।  बिहीबार चन्द्रपु्र नगरपालिका १२ का १९ वर्षीय अजयराम चमारलाई १० वर्ष कैद र ५० हजार जरिवानाको फैसला गरेको हो ।
 
संकेत नम्बर ३२ चन्द्रनिगाहपुर (न) भएकी ६ वर्षीया बालिकालाई अजयले भदौ १२ गते घरमा बोलाइ खानेकुरा किन्नका लागि १० रुपैयाँ दिएर बलात्कार गरेको भन्दै बालिकाकी  आमाले प्रहरीमा उजुरी दिएकी थिइन । 

एकबर्ष अघि पनि ७ देखि ११ बर्षसम्मका पाँच जना बालिकालाई बलात्कार गर्ने चन्द्रनिगाहपुरका ५५ बर्षीय भक्तबहादुर राईलाइ जिल्ला अदालत ले ५४ बर्षको जेल सजाय हुने फैसला गरेको थियो ।
रौतहट जिल्लामा पछिल्ला बर्षमा बालिका तथा किशोरीहरु बलत्कार हुने क्रम बढ्दै गएको तथ्याङक छ । जिल्ला प्रहरी कार्यालयको तथ्याक अनुसार चारबर्षदेखि १५ बर्ष सम्मका बालिका बलात्कृत भएका छन् । 

गएको पुस १४ गते चन्द्रपुर नगरपालिका घर भएका १३ बर्षीय किशोरले चार बर्षीया बालिकालाई आफ्नै घरको कोठमा लगेर बलत्कार गरेका थिए ।  मंसीर २५ गते कनकपुर गाविसकी चारबर्षीया बालिकालाइ १५ बर्षीय राम दिनेश दास पक्राउ परेको थिए।

यस्तै, मंसीर २० गते १६ बर्षीया एककिशोरीलाई बलत्कार प्रयास गरेको आरोपमा लक्ष्मीपुर बेलविछवा गाविसका १८ बर्षीय सुनिलकुमार ठाकुर र २० बर्षीय रामशङ्कर ठाकुर पक्राउ परेका थिए ।
असार १७ गते बाख्रा चराउन गएको बेला नौ बर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा गौर नगरपालिका १० सवगढाका १८ बर्षीय शंकर साह फत्राउ परेका छन् ।
गएको जेठ १२ गते चन्द्रपुर नगरपालिका ९ का ५४ बर्षीय कपिलदेव साह सात बर्षीया बालिका बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका छन्।
एक बर्ष यता जिल्लामा १४ वटा बलात्कारका घटना भएको १४ जना पक्राउ परेको र तीन जना फरार रहेका प्रहरीको तथ्याङक छ । ८ जनालाई  अदालतको आदेशमा जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले जनाकारी दिए । 
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment