Recent

Basil eating great benefit


१. ज्वरो र सर्दी
तुलसीको ६५ पत्ता र आठ ओटा मरिचको दानालाई २५० मिलीलिटर पानीमा राम्रोसँग पकाएर छान्ने । यसमा दूध र चिनी राखेर चियाको रुपमा पिउँदा ज्वरो र सर्दी ठिक हुन्छ । फेरि २० तुलसी र ६ वटा मरिचको दाना मिलाएरु खाँदा पनि आराम मिल्छ ।
२. वान्ता रोक्न
तुलसी पत्ताको रस र मह बराबरको मात्रा मिलाएर पिउनाले वान्ता रोकिन्छ । र रिंगटा लागेको पनि कम हुन्छ । १० ग्राम तुलसीको पत्ता १ ग्राम अलैंचीलाई मिलाएर पिस्नु र १० ग्राम चिनी राखेर खानुहोस् । यसले पित्तको कारण हुने वान्ता तुरुन्तै रोकिन्छ ।
३. दाँतको दुखाइ
तुलसी पत्ता, मरिच र कपुरलाई पिसेर दुखिरहेको दाँतको बीचमा दबाएर राख्नुहोस् । अथवा तुलसी पत्ता र मरिचलाई मिसेर चक्की बनाएर दुखिरहेको दाँतमा राख्दा पनि आराम मिल्छ । तुलसी पत्ताको रस पानीमा मिलाएर हल्क तातो बनाएर कुल्ला गर्दा पनि दाँतको दुखाई, मुखबाट रगत आउन तथा दाँत सम्बन्धि सबै रोग निको हुन्छ ।
४. टाउकोको दुखाई
टाउको दुखेको बेलामा तुलसी अचुक औषधि बन्न सक्छ । तुलसीको पत्ता पिसेर निधारमा लगाउँदा टाउको दुख्ने समस्या हट्छ ।
५. कलेजो सम्बन्धी समस्या
तुलसीको १०–१२ पत्तालाई तातो पानीमा धोएर दैनिक विहान खाने गरे कलेजो सम्बन्धि समस्या अन्त्य हुन्छ ।
६ मृगौलाको पथ्थरी
तुलसीले मृगौला स्वस्थ बनाउने काम गर्छ । यदी कसैको मृगौलामा पथ्थरी भएको छ भने उसले महमा तुलसी मिलाएर दैनिक खानुपर्छ । यसरी नियमित रुमा खाँदा ६ महिनामा फरक देखिन्छ ।
७. तानव मुक्त गराउन
तुलसीको पत्तामा तनाव प्रतिरोधात्मक क्षमता हुन्छ । तनावलाई हटाउन तुलसीको १२ वटा पत्ता दैनिक २ पटक खानुपर्छ ।
८. छालाजन्य रोग
छालाजन्य रोगको निदानका लागि पनि तुलसी उपयोगी बन्न सक्छ । दाद, लुतो जस्ता छालाजन्य रोगको निदानका लागि प्रभावित छालामा तुलसी केही दिनसम्म लगाउँदा निको हुन्छ । तुलसीको ताजा पत्तालाई संक्रमित छालामा रगेड्दा यसले इन्फेक्सन फैलनबाट पनि जोगाउँछ ।
९. स्वास गन्हाउने समस्या हटाउँछ
तुलसीको सुकेको पत्तालाई तोरीको तेलमा मिलाएर दाँत सफा गर्दा पनि स्वास गनाउने समस्या हटाउँछ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment