Recent

यस्तो झरना जहाँ पानी नभई रगत बग्छ


एजेन्सी । एन्टार्कटिकाको ९८ प्रतिशत भुभाग सधै हिउँले ढाकेको हुन्छ ।हिउँले सधै सेतो देखिने यो महादेशमा रगतजस्तै रातो पानी बग्ने झरना पनि छ । सुन्दा निकै आश्चर्य पनि लाग्नसक्छ । वास्तवमा यो सेतो महादेश एन्टार्कटिकामा रातो रगतझै झर्ने झरना पनि छ ।


यो झरना रगतझै रातो हुनुको मुख्य कारण पानीमा भएको आइरन अक्साइडले हावासँग रासायनिक प्रतिक्रिया गर्दा रातो रंगमा बदलिएको हो ।

एन्टार्कटिकाको म्याकमर्डोस्थित टायलेर हिमनदीमा एउटा यस्तो झरना छ जसमा बग्ने पानीको रंग रगत जस्तै रातो छ ।यो झरनाको पानीको रंगकै कारण यसको नाम पनि रक्ते झरना अर्थात् ब्लड फल्स राखिएको छ ।

अस्ट्रेलियन जिव वैज्ञानिक ग्रिफिथ टायलरले सन् १९११ मा यो झरना पत्ता लगाएका थिए । यो झरनाको उचाई ललगभग पाँच तले भवन जत्तिकै छ भने याहाँको पानीमा विभिन्न १७ प्रजातिका सुक्ष्म जिवहरु पाइने वताइन्छ ।

Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment