काठमाडौँ, १५ असार - आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस। असार महिनाको १५ गतेलाई मानो रोपेर मुरी फलाउने दिनका रुपमा सर्वत्र रोपाईं गरिँदैछ।
यसै दिन रोपाहारले रोपाई सकिएपछि दही चिउरा खाने भएकाले यो दिन दहि चिउरा खाने पर्वका रुपमा पनि प्रसिद्ध छ। असार १५ का दिन रोपाहार र किसानलाई निकै कामको चटारो हुने भएकाले अरु बेला कामको चटारो गर्दा असार १५ लागेको छ भन्ने उक्ति चलनचल्तीमा छ।
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।
खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउने गरेका छन।

0 comments:
Post a Comment