क्वालालाम्पुर, १५ असार - मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ । मलेसिया सरकारले अघिल्लो बर्ष अक्टोबरमै घोषणा गरिएअनुसार एक सय रिंगिटले वृद्धि भएको न्युनतम मासिक पारिश्रमिक शुक्रबार (जुलाई १) देखि लागू गर्ने भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार घरेलु क्षेत्रमा कार्यरत कामदारबाहेक सबै कामदारका हकमा उक्त नयाँ पारिश्रमिक लागू हुनेछ । मलेसियामा कामदारको तलब मासिक २७ सय रुपैयाँले वृद्धि हुनेछ ।
यो नीतिअनुसार शुक्रबारदेखि लागू हुनेगरि पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा फरक फरक पारिश्रमिक लागू हुनेछ । पूर्वी क्षेत्रमा (साबाह, सरावक र फेडेरल टेरेटोरी अफ् लाबुवान) कार्यरत कामदारले यसअघि आठसय २० रिंगिट प्राप्त गर्दै आएकोमा अब नौसय २० रिंगिट र त्यसबाहेकका क्षेत्रमा (पश्चिमी मलेसिया/प्रायद्धिप मलेसिया) कार्यरत कामदारले यसअघि नौसय रिंगिट प्राप्त गर्दै आएकोमा अब मासिक १ हजार रिंगिट पारिश्रमिक पाउनेछन् ।
गत बर्ष अक्टोबर २३ मा मलेसियाली प्रधानमन्त्री नजिब रजाकले आर्थिक बर्ष २०१६ को बजेट भाषणमार्फत कामदारको पारिश्रमिक बृद्धिको घोषणा गरेका थिए । उक्त घोषित नीति पूर्ण रुपमा लागू भएमा अब मलेसियामा निजी क्षेत्रमा कार्यरत सबै स्थानीय र विदेशी दुबैखाले कामदारले बढेको पारिश्रमिक पाउनेछन् । यो नीति पूर्ण रुपमा लागू भएमा यहांका विभिन्न क्षेत्रमा कार्यरत ५ लाखभन्दा बढी नेपाली यसबाट लाभान्वित हुने कान्तिपुर ले खबर छापेको छ -
Via Dc nepal
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment