असार १५, २०७३- टर्कीको इस्तानबुलस्थित आतातुर्क अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आतंकवादी हमलामा परी ३६ जनाको मृत्यु भएको छ भने १४० बढी घाइते भएका छन् ।
तीनजना हमलावरले एकैसाथ टर्मिनल भवन प्रवेश गर्ने क्षेत्र नजिकै अन्धाधुन्द गोली प्रहार गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिनका लागि जवाफी कारवाही गर्दा आफैं बम बिस्फोट गराएका थिए ।
प्रधानमन्त्री बिनाली यील्ड्रिमका अनुसार प्रारम्भिक अनुसन्धानले हमलामा आइएसको संलग्नता रहेको देखिएको छ ।

0 comments:
Post a Comment