दाङ, १५ असार - दाङमा १३ वर्षीय बालिका आफ्ना हजुरबुबाको किरिया बसेकी छिन्। घोराही नगरपालिका-६ गिठेपानी निवासी १३ वर्षीया विन्दु नेपाली आफ्नो हजुरबुबाको किरिया बसिरहेकी छिन्।
उनका हजुरबुबा प्रेमबहादुर नेपालीको यही असार १२ गते आइतबारको दिन मृत्यु भएको थियो। उनले हजुरबुबालाई दागबत्तीसमेत दिएकी थिइन्। विन्दुले भनिन्,‘किरिया वस्नका लागि अरू कोही पनि छैनन्, त्यसैले म किरिया बसेकी हुँ।’ अरूलाई खोजेर किरिया गर्नुभन्दा आफू नै बसेको विन्दुले बताइन्।
प्रेमबहादुरको एक छोरा भए पनि उनको करिब १२ वर्ष पहिले नै मृत्यु भएको थियो। प्रेमबहादुरका दाइभाइका छोराहरु भए पनि नातिनी आफैले हजुरबुबाको किरिया बस्ने भन्दै किरिया बसेकी हुन्। रासस
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment