श्रीहरि पौडेल,तनहुँको स्याम्धा ४ सिसाघाट र लमजुङ्गको मध्यनेपाल नगरपालिका ११ दुईपिप्ले जोड्ने मोटरेवल पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पुल निर्माण हुन लागेसँगै स्थानीयमा खुशियाली छाएको छ ।
बर्षौदेखि विरामी परेको समयमा समेत हिडेर दुईपिल्लेसम्म आईरहनुपर्नेमा पुल निर्माणले यातायतमा सहज बनाउने भएपछि स्थानयीहरुमा खुशीयाली छाएका हुन् । मादि नदिमाथि निर्माण सम्पन्न हुन लागेको पुलको कुल लागत ८ करोड ९५ लाख रुपयाँ रहेको सिसाघाट पुल निर्माण समितिले जनाएको छ । २०६९ साल साउन महिनावाट निर्माण प्रारम्भ भएको पुल २०७२ मसान्त सम्ममा पुरा भईसक्नुपर्ने लक्ष्या थियो । तर भारतीय नाकवन्दीले काममा केहि ढिलो भएको हो । अव दशैं अगावै पुल पुर्ण रुपमा निमार्ण सम्पन्न भइसक्ने पुल निर्माण समितिका अध्यक्ष दिनवहादुर दुराले जानकारी दिनुभयो । पुल निर्माण पश्चात तनहुँ, कास्की र लमजुङ्गका जनतालाई आवत जावतमा सहज हुने स्थानीयको भनाई छ ।
पुल नहुदाँ साह्रै दुःख पाएको र निर्माण पश्चात लामो समयपछि तनहुँ, लमजुङ्ग र कास्कीका जनता लावन्भित हुने स्थानीयहरु वताउछन । पुलनिर्माण भएसंगै कास्की र तनहुँमा उत्पादित तरकारी लगायतका सामान वजारसम्म पुर्याउन समेत सहज हुने अपेक्षा किसानको छ ।
सिसाघाटको मोटरेवल पुल निर्माणपछि तनहुँको स्याम्धा र थप्रेक गाविसका जनता र कास्कीको शिद्घ,देउराली, थुम्की र रुपाकोट सम्मका जनता लाभन्वित हुनेछन् ।
0 comments:
Post a Comment