Recent

Saptari madhepurama outbreak of diarrhea, 60 patients


राजविराज: सप्तरीको जमुनी मधेपुरा गाविस–२ मा विगत चार दिनदेखि झाडापखालाको प्रकोप फैलिएको छ। चार दिनदेखि फैलिएको झाडापखाला प्रकोपले सो गाविसका २५ परिवारका करिब ६० जना व्यक्ति सिकिस्त बिरामी परेको बताइएको छ।
सोही ठाउँका शङ्कर शर्मालगायत उनको श्रीमती र छोराछोरीलाई झाडापखाला लागेपछि सो गाविसका अधिकांश व्यक्तिमा फैलिएको र झाडापखालाले गाउँमा रहेका बालबालिका, वृद्धवृद्धासहितका व्यक्ति बिरामी परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
फोहर दिसापिसाब र दूषित पानीका कारण हुने झाडापखाला अहिले जमुनी मधेपुरा गाउँमा फेलिएलगत्तै उक्त कार्यालयका जनस्वास्थ्य निरीक्षक राजनारायाण ठाकुरको नेतृत्वमा एक टोली त्यहाँ पुगेको वरिष्ठ जनस्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए।
झाडापखाला प्रकोपका कारण त्यहाँका प्रत्येक परिवारका एक– दुईजनामा यो रोग देखा परेपछि पीडित भएकालाई गाउँमै स्लाइनसहित औषधोपचार सुरु गरिएको छ।
झाडापखाला प्रकोप नियन्त्रण गर्नका लागि थप औषधि तथा पानी शुद्धीकरणका लागि त्यहाँ रहेका स्वास्थ्य कार्यालयले प्रयास गरिरहेको जनस्वास्थ्य अधिकृत झाले बताए।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment