China has made it the world's highest bridges
एजेन्सी , चीनले विश्वकै अग्लो ठाउँमा पुल बनाएको छ। दक्षिण पश्चिम चीनमा त्यहाँका इन्जिनियरहरुले विश्वकै अग्लो पुल बनाएको चीनियाँ सञ्चारमाध्यमले जनाएको छ। इन्जिनियरहरुले उक्त पुलको नाम बेइपान्जियाङ राखेका छन् जसमा दुईतिर पिलर बनाएर लेक नलगा्नेगरी बनाइएको छ।
दक्षिणपश्चिम चीनको गुइन्झोऊ प्रान्तमा अवस्थित रहेको छ। करीब ५६५ मीटर उचाइमा रहेको यो पुल एउटा नदीमाथि लगाइएको हो। यो पुलमा यातायातका सावारीसधान समेत चल्न सक्ने बताइएको छ। बेइपान्जियाङ पुल १ हजार ३ सय ४१ मीटर लामो रहेको छ। जमिनदेखि माथि सम्मको उचाई भने ५६५ मीटर रहेको छ। पुलको लगानी खर्च १ सय ५० बिलियन अमेरिकी डलर भएको बताइएको छ। यो पुल यही वर्षको अन्त्यतिर सर्वसाधारणको लागि खोलिने बताइएको छ।
0 comments:
Post a Comment