Recent

Paraleji biscuits to eat only these young survivor!


एजेन्सी, संसारमा मानिस विभिन्न किसिमले बाँचिरहेका छन्। कोही खाना खाएर जीवन जिएका छन भने कोही राम्रो लगाएर जीवनलाई बचाइरहेका छन्। एउटा गरीब पनि साँझ बिहान एक छाक खान पाए उसको जीवन चलिरहेको हुन्छ।

के तपाई कुनै व्यक्ति एउटा प्रकारको मात्रै बिस्कुट खाएर अहिलेसम्म बाँच्‍न सक्छ भने पत्याउनुहुन्छ ? तर भारतमा एउटी युवती मात्र पारलेजी बिस्कुट खाएर बाचेकी छन्।

कर्नाटकमा रहँदै आएकी १८ वर्षीया रमव्वा नामकी ती युवती बाल्यकालदेखि नै केवल पारलेजी बिस्कुट खाँदै आएकी छन्। यतिसम्म की उनी जन्मेपछि पनि आमाको दूध नभइ गाइको दूध र पारलेजी बिस्कुट खाएरै हुर्किइन्। रमव्वाको एक जुड्वा भाई पनि छन्। उनीहरु पनि पारलेजी नै खाने गर्दथे तर पछि भने छाडिदिए।

रमव्वाको आमाबुवा साधारण किसान हुन्। उनीहरु भन्छन्, ‘हामीले कहिल्यै पनि रमव्वाको स्वास्थ्य परीक्षणमा खर्च गरेका छैनौ। यसका साथै खानाो लागि पनि कुनै रकम खर्च गरेनौ।’ उनका अनुसार रमव्वा दिनभरिमा ५ देखि ७ वटा पारलेजी विष्कुट खाइसक्छिन्। यतिमात्रै नभइ उनी खाना र पार्लेजी बाहेक अन्य बिस्कुट खादिनन्।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment